५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना र नेदरल्याण्डबीचको खेलको खबर सङ्कलन गर्ने क्रममा अमेरिकी पत्रकारको मृत्यु

२४ मंसिर २०७९, शनिबार १२:२३

मङ्सिर २४, लुसेल (कतार) | प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको कतारस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ ।

विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको हो । 

अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको रोमञ्चक खेलको अतिरिक्त समयमा पत्रकार दिर्घामा ढलेका ग्रान्टलाई उनीसँगै बसेका पत्रकारहरूले सहयोगका लागि आह्वान गरेका थिए । आपतकालीन सेवाका कर्मचारीले तत्काल उनलाई अस्पताल पु-याए पनि त्यसअघि नै उनको मृत्यु भएको सञ्चारर्मीलाई बताइएको थियो । 

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिता आयोजक समितिले पत्रकार ग्रान्टलाई तत्काल एम्बुलेन्समा हालेर हमाद जनरल अस्पताल लगिएको तथा त्यहाँ उनको आपत्कालीन उपचार गरिएको जनाउँदै उनको परिवारको इच्छाअनुसार शव फिर्ता गर्ने प्रक्रिया सुनिश्चित गर्न अमेरिकी दूतावास र सम्बन्धित स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ । यद्यपि फिफाले उनको मृत्युको कारण सार्वजनिक गरेको छैन ।

गत बुधबार उनले ट्वीट गर्दै त्यो दिन आफ्नो ४८ औँ जन्मदिन मनाएको बताएका थिए । अमेरिकी फुटबल महासङ्घले एक विज्ञप्तिमा निकालेर मानव अधिकार प्रवद्र्धनलाई अगाडि बढाउन खेलकुद क्षेत्र शक्तिशाली हुनेमा उनी विश्वस्त रहेको बताउँदै फुटबल खेलाडी र प्रेमीका निम्ति उनी प्रेरणाका स्रोत थिए भनेको छ । उनको निधनबाट महासङ्घ निराश भएको वक्तव्यमा उल्लेख छ । 

ग्रान्ट आफ्नो खेलपत्रकारिता ‘करिअर’को आठौं विश्वकपको समाचार सङ्कलनमा व्यस्त थिए । अघिल्लो सोमबार उनले आफ्नो वेबसाइटमा अस्वस्थताका कारण चिकित्सकहाँ गएको लेखेका थिए । निद्रा नपुगेको र धेरै कामले तनाव भएको उल्लेख गर्दै उनले संयुक्त राज्य अमेरिका र नेदरल्याण्ड्सबीचको खेल भएको दिन आफ्नो छातीको माथिल्लो भागमा असहज भएको बताएका थिए । 

केही दिनअघि मात्र ग्रान्टलाई फिफा र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले लगातार आठटा विश्वकप खेलको समाचार सङ्कलन एवम् सम्प्रेषण गरेकामा सम्मान गरिएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उनको निधनबाट विश्वभरका खेलपत्रकार मर्माहत भएका र उनको योगदान संसारले सम्झइरहने बताएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले  ग्रान्ट वाहलको मृत्युको खबरले अमेरिकी सरकार मर्माहत भएको बताउँदै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रवक्ता प्राइसले ग्रान्टको परिवारको चाहना यथाशीघ्र पूरा गर्न कतारका वरिष्ठ अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएका छन् ।  

पत्रकार ग्रान्टकी श्रीमती डा. सेलिन गाउन्डर न्यूयोर्क युनिभर्सिटी स्कूल अफ मेडिसिनमा अध्यापन गर्छिन । बेलेभ्यु अस्पताल केन्द्रमा चिकित्सक र सिबीएस न्युजमा पनि उनी कार्यरत छन् । उनले आफ्ना पतिको असामयिक निधनमा समवेदना एवम् सहानुभूति प्रकट गर्ने ‘फुटबल परिवार’ का साथै सबैप्रति आभार व्यक्त गर्दै आफूमाथि ठूलो बज्रपात भएको बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता