५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

२७ मंसिर २०७९, मंगलवार ०६:३७

मङ्सिर २७, काठमाडौँ | नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ ।


नोराले ज्याकलिनविरुद्ध २०० करोड भारुको मानहानीको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नोराले सुकेश चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो नाम जबरजस्ती प्रयोग गरिएको आरोप लगाएकी छन् । नोराले ज्याकलिन र १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । नोराले ज्याकलिन र मिडिया संस्थाहरु ‘एकअर्कासँग मिलेर काम गरिरहेको’ दाबी गरेकी छन् ।

नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् ।

नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताइन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् । नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ । उल्लेखनीय कुरा के छ भने ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता