2026-09-28 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र चीनबीच तनावको कारण के हो ?

मङ्सिर २७, काठमाडौँ | पछिल्ला केही वर्षयता भारत र चीनबीचको सम्बन्ध बिग्रिदै गएको छ। दुवै देशका सीमा क्षेत्रमा बढि विवाद छ। यस विषयमा दुवै देशले फरक फरक दावी गरिरहेका छन्।

दुवै देशबीच विवादको मु्ख्य कारण ३४४० किलोमिटर लामो सीमाना नै हो। यसबारे दुवै देशले आ-आफ्ना दावी गरेका छन्। यस क्षेत्रमा नदी ताल र हिउँले घेरिएका हिमालका कारण वास्तविक नियन्त्रण रेखालाई लिएर त कहिलेकाही दुई देशका सैनिक आमनेसामने हुँदा विवाद बल्‍झिदै गएको हो।

दुवै देशले सीमावर्ती क्षेत्रमा आधारभूत संचरना निर्माण गरिरहेका छन्। भारतले उच्च उचाइमा रहेको एयर बेससम्म सडक निर्माण गरिरहेको छ यसमा चीनले पटकपटक आपत्ती जनाउँदै आएको छ।

सन् २०२० को मे महिनामा गलवानमा भारत र चीनबीच झडप हुँदा २० सैनिकको मृत्यु भएको थियो। केही समयपछि चीनले यस झडपमा आफ्ना ४ सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो।

लद्दाखको गलवान घटनापछि दुई देशबीच सैन्य तहको वार्ता हुँदै आएको छ। तर, तनाव भने कायमै छ। 

पछिल्लो पटक अरुणाचल प्रदेशको तवाङमा दुई देशका सैनिकहरुबीच झडप हुँदा अर्को तनाव उत्पन्न भएको छ।

भारतीयसेनाका अनुसार यो झडपमा दुवै देशका केही सैनिक घाइते भएका छन‍्।  ९ डिसेम्बरमा झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्।

झडपमा दुवै पक्षका केही सेना घाइते भएको बीबीसीमा समाचार छ। भारतीय सेनाका अनुसार पीएलएका सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले जबाफी कारबाही गरेको थियो।

भारतीय सेनाका अनुसार दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका थिए। झडपपछि शान्ति कायम गर्न इलाका कमान्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए।

भारतको एक प्रमुख अंग्रेजी पत्रिका द हिन्दुले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै तवांगमा भएको झडपमा भारतीय सैनिक भन्दा धेरै चिनियाँ सैनिक घाइते भएको जनाइएको छ।

यसबारे चीनले कुनै जानकारी गराएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह