५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा शक्तिशाली भूकम्प

२९ मंसिर २०७९, बिहीबार ०७:१३

मङ्सिर २९, काठमाडौँ । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु  रहेको जनाइएको छ । 

अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । 

“ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिनु भएको छ । 

अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौ ताइपेईमा चाङले बताउनु भएको छ । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुबै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ ।

कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी  एक व्यक्तिको ज्यान गएको र केही भवनहरु ढलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता