2026-09-28 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्लिनको एक होटलमा रहेको विश्वकै ठूलो एक्वारियम फुट्यो

पुस १, काठमाडौँ | जर्मनीको राजधानी बर्लिनस्थित एक होटलको लबीमा रहेको करिब ४६ फिट अग्लो एक्वारियम फुट्दा होटलको लबीका साथै बाहिरको सडक जलमग्न भएको छ ।

करिब १५ सय विभिन्न थरीका माछा रहेको उक्त एक्वारियम फुटेसँगै दशौं लाख लिटर पानीले र्‍याडिसन ब्लु होटलको लबी जलमग्न भएको थियो । उक्त घटनामा दुईजना व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । एक्वारियम फुटेपछि त्यहाँ रहेका पाहुनालाई अन्यत्रै सारिएको छ । के कारणले गर्दा एक्वारियम फुट्यो भन्नेबारे पत्ता लागेको भने छैन ।

उक्त एक्वारियमलाई दुई वर्षअघि मात्रै परिष्कृत गरिएको थियो भने केही होटल रुमबाट उक्त एक्वारियमको दृश्य देखिने भनेर विज्ञापन पनि गर्ने गरिएको थियो । एक्वाडोम नाम दिइएको उक्त एक्वारियम सिलाइफले सञ्चालन गरेको थियो । सिलाइफले विश्वका अन्य स्थानमा पनि यस्ता आकर्षणका लागि संरचना बनाउने गरेको छ ।

सो एक्वारियममा विभिन्न सय प्रजातिका १५ सय माछा रहेको बताइको छ । उक्त एक्वाडोम डिसेम्बर २००३ मा निर्माण सम्पन्न गरी खुला गरिएको थियो । यो विश्वकै ठूलो सिलिणन्ड्रिकल एक्वारियम भएको भन्दै गिनिज वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । यसको निर्माणका लागि १ करोड २८ लाख युरो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह