५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी मन्त्रीद्वारा भारतलाई परमाणु बमको धम्की

३ पुष २०७९, आईतवार ०६:२४

पुस ३, काठमाडौँ | पाकिस्तानकी मन्त्री शाजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सक्ने धम्की दिएकी छन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न स्थानमा नभएको बताइन् ।

समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ शाजिया मारीले बोल न्यूजसँगको पत्रकार सम्मेलनमा यी कुराहरू बताएकी हुन्।

शाजियाले भनिन्, ‘भारतले हामीसँग एटम बम छ भन्ने कुरा बिर्सनु हुँदैन । हाम्रो आणविक स्थिति मौन बस्नने अवस्थाको छैन। आवश्यक परेमा हामी पछि हट्ने छैनौं।'

उनले भनिन्, ‘मोदी सरकारका कुनै पनि फोरममा भारतका मन्त्री यति अन्धो बनेर पाकिस्तान जस्तो आणवि शक्ति सम्पन्न राष्ट्रका लागि बकवास कुरा गर्न सक्छन् भने त्यो उनको दोष हो ।'

“मैले धेरै फोरमहरूमा मोदी सरकारले पठाएको कूटनीतिज्ञहरूको सामना गरेको छु।  जहाँ यी मन्त्रीले संयुक्त राष्ट्र संघमा बोलेका शब्दहरू नै भनिएका छन्। पाकिस्तानलाई आतंकवादको केन्द्र भनिन्छ । यो उनीहरुको एक षड्यन्त्र हो।'

यद्यपि शाजियाले आफ्नो बयानपछि एएनआईको समाचारलाई रिट्वीट गर्दै लेखेकी छन्, ‘पाकिस्तान एक जिम्मेवार आणविक देश हो। भारतीय सञ्चारमाध्यमका कतिपय तत्वले हंगामा मच्चाउन खोजिरहेका छन् । भारतीय मन्त्रीको भड्कावपूर्ण भनाइप्रति पाकिस्तानी विदेशमन्त्रीले प्रतिक्रिया दिएका थिए । आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले भारतभन्दा धेरै गुमाएको छ । मोदी सरकारले अतिवाद र फासीवादलाई बढावा दिइरहेको छ ।'

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादास्पद बयानपछि शाजियाको बयान आएको हो । उनले भुट्टोको भनाइको समर्थन गरेकी छन् ।

बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर ‘गुजरातका कसाई’ जीवित छन् । र उनी भारतका प्रधानमन्त्री हुन् । प्रधानमन्त्री नहुँदासम्म उनलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको थियो ।'

उक्त वक्तव्यको भारतमा चर्को विरोध भएको थियो र भाजपाले पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो।

यसअघि संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र भएको भन्दै आलोचना गरेका थिए ।

बिलावल भुट्टोको भनाइको जवाफमा भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘यो कथन पाकिस्तानका अनुसार पनि एकदमै तल्लो तहको छ । पाकिस्तानका अल्पसंख्यकहरूको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन। उसलाई भारतलाई दोष दिने अधिकार छैन ।' बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता