2026-09-28 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी मन्त्रीद्वारा भारतलाई परमाणु बमको धम्की

पुस ३, काठमाडौँ | पाकिस्तानकी मन्त्री शाजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सक्ने धम्की दिएकी छन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न स्थानमा नभएको बताइन् ।

समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ शाजिया मारीले बोल न्यूजसँगको पत्रकार सम्मेलनमा यी कुराहरू बताएकी हुन्।

शाजियाले भनिन्, ‘भारतले हामीसँग एटम बम छ भन्ने कुरा बिर्सनु हुँदैन । हाम्रो आणविक स्थिति मौन बस्नने अवस्थाको छैन। आवश्यक परेमा हामी पछि हट्ने छैनौं।’

उनले भनिन्, ‘मोदी सरकारका कुनै पनि फोरममा भारतका मन्त्री यति अन्धो बनेर पाकिस्तान जस्तो आणवि शक्ति सम्पन्न राष्ट्रका लागि बकवास कुरा गर्न सक्छन् भने त्यो उनको दोष हो ।’

“मैले धेरै फोरमहरूमा मोदी सरकारले पठाएको कूटनीतिज्ञहरूको सामना गरेको छु।  जहाँ यी मन्त्रीले संयुक्त राष्ट्र संघमा बोलेका शब्दहरू नै भनिएका छन्। पाकिस्तानलाई आतंकवादको केन्द्र भनिन्छ । यो उनीहरुको एक षड्यन्त्र हो।’

यद्यपि शाजियाले आफ्नो बयानपछि एएनआईको समाचारलाई रिट्वीट गर्दै लेखेकी छन्, ‘पाकिस्तान एक जिम्मेवार आणविक देश हो। भारतीय सञ्चारमाध्यमका कतिपय तत्वले हंगामा मच्चाउन खोजिरहेका छन् । भारतीय मन्त्रीको भड्कावपूर्ण भनाइप्रति पाकिस्तानी विदेशमन्त्रीले प्रतिक्रिया दिएका थिए । आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले भारतभन्दा धेरै गुमाएको छ । मोदी सरकारले अतिवाद र फासीवादलाई बढावा दिइरहेको छ ।’

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादास्पद बयानपछि शाजियाको बयान आएको हो । उनले भुट्टोको भनाइको समर्थन गरेकी छन् ।

बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर ‘गुजरातका कसाई’ जीवित छन् । र उनी भारतका प्रधानमन्त्री हुन् । प्रधानमन्त्री नहुँदासम्म उनलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको थियो ।’

उक्त वक्तव्यको भारतमा चर्को विरोध भएको थियो र भाजपाले पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो।

यसअघि संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र भएको भन्दै आलोचना गरेका थिए ।

बिलावल भुट्टोको भनाइको जवाफमा भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘यो कथन पाकिस्तानका अनुसार पनि एकदमै तल्लो तहको छ । पाकिस्तानका अल्पसंख्यकहरूको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन। उसलाई भारतलाई दोष दिने अधिकार छैन ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह