2026-09-28 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको फाइनलमा नहारेका यी तीन टिम

पुस ३, काठमाडौँ | विश्वकप फुटबलको २२ औँ संस्करणको फाइनलमा भिड्न लागेका दुई टोली तेस्रो पटक उपाधि खोजीमा छन्। 

आइतबार राति पौने ९ बजे अर्जेन्टिना र फ्रान्स दुवैको लक्ष्य तेस्रो पटक उपाधि जित्नु हुनेछ। 

फ्रान्स साविक विजेता हो। अर्जेन्टिनाले ३६ वर्षयता उपाधि जित्न सकेको छैन। त्यसपछि दुई पटक फाइनलमा पुगेर पनि पराजित भएको थियो। 

दुवै पटक अर्जेन्टिनालाई जर्मनीले निराश बनायो। विश्वकपको फाइनलमा फ्रान्स भने नयाँ हो। यसअघि १९९० र २०१४ मा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो। 

छैटौँ पटक फाइनलमा पुग्दा अर्जेन्टिनाको लक्ष्य तेस्रो उपाधि हुनेछ। 

फ्रान्सले पनि फाइनलमा सतप्रतिशत नतिजा निकाल्न सकेको छैन। १९९८ मा पहिलो पटक उपाधि जितेको फ्रान्सले अर्को उपाधिका लागि २० वर्ष पर्खिनुपर्यो। 

त्यसअघि २००६ मा फाइनलमा पुगे पनि इटलीसँग पराजित भएको थियो। 

विश्व फुटबलमा यस्ता पनि टोली छन् जो पटक पटक फाइनलमा पुगेर पनि उपाधिबिहिन छन्। क्रोएसिया, नेदरल्याण्ड्स, स्विडेन, हंगेरी र चेक रिपब्लिकाले फाइनलमा पुगे पनि उपाधि उचाल्न पाएनन्। 

तर केही यस्ता टिम छन्, जो फाइनलमा हारेकै छैनन्। जति पटक फाइनल पुगे उपाधि जितेका छन्। यहाँ ती टिमको चर्चा गरौं। 

उरुग्वे 

दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले सुरुका चार विश्वकपमा दुई पटक उपाधि जितेको थियो। 

पहिलो पटक घरेलु मैदानमा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि उचालेको उरुग्वेले त्यसपछि लगातार दुई विश्वकपमा फाइनलमा स्थान बनाउन सकेन। तर १९५० मा भएको विश्वकपमा भने उरुग्वेले उपाधि दोहोर्‍यायो। 

सन् १९५० मा ब्राजिलाई पराजित गर्दै उरुग्वेले दोस्रो पटक उपाधि जितेको थियो। 

तर त्यसपछिका ७२ वर्षदेखि उरुग्वेले फाइनलमा स्थान बनाउन सकेको छैन। २०१८ को विश्वकपमा क्वार्टर फाइनलमा पुगेको उरुग्वे यसपटक समूह चरणबाटै बिदा भयो। 

इंग्ल्याण्ड

क्लब फुटबलमा सबैभन्दा उत्कृष्ट मानिन्छ इङ्लिस प्रिमियर लिग। प्रिमियर लिगमा इंग्ल्याण्डकै खेलाडीको वर्चश्व पनि छ। व्यक्तिगत रुपमा त्यहाँ उत्कृष्ट खेलाडी छन्। 

तर उत्कृष्ट खेलाडीहरु जन्माउने इंग्ल्याण्डले अहिलेसम्म एक पटक मात्रै विश्वकप जितेको छ। 

५६ वर्षअघि घरेलु मैदानमा जर्मनीलाई पराजित गर्दै उपाधि जितेको इंग्ल्याण्ड त्यसपछि उपाधि भिडन्तसम्म पनि पुग्न सकेको छैन। 

एक पटक मात्रै फाइनल पुगेको इंग्ल्याण्डले १९६६ मा उपाधि जितेको थियो। त्यसपछि इंग्ल्याण्डको विश्वकप यात्रा बढीमा सेमिफाइनलसम्म पुग्न सकेको छ। गत विश्वकपमा सेमिफाइनल पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा क्वार्टरफाइनलबाट बिदा भयो। 

स्पेन 

विश्वकप फुटबलमा सधैँ दाबेदार मानिने तर त्यसअनुसार नतिजा निकाल्न नसक्ने टिम हो स्पेन। अहिलेसम्म एक पटक  उपाधि जितेको स्पेनले पनि दोहोर्‍याएर फाइनल खेलेको छैन। 

सन् २०१० मा पहिलो पटक फाइनलमा पुगेको स्पेनले नेदरल्याण्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो। 

अतिरिक्त समयमा एक गोल गर्दै स्पेनले १–० को नतिजासहित उपाधि जित्न सफल भएको थियो। 

सन् २०१४ मा समूह चरणबाटै बिदा भएको स्पेन २०१८ मा अन्तिम १६ सम्म मात्रै पुग्न सक्यो। 

यस पटक पनि अन्तिम १६ मै स्पेनको विश्वकप यात्रामा मोरक्कोले ब्रेक लगाइदियो। 

१६ पटक विश्वकप खेल्दा एक उपाधि, ४ पटक क्वार्टरफाइनलमा पुगेको स्पेन बाँकी विश्वकपमा अन्तिम १६ बाट माथि जान सकेको छैन। 

तर फाइनलमा पुगेर पराजित नहुने टोलीका रुपमा स्पेनले आफूलाई उभ्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह