२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप ट्रफीसहित स्वदेश पुग्यो अर्जेन्टिना, विमानस्थलमा भब्य स्वागत (भिडिओ)

२०७९, ५ पुष मंगलवार ०७:३२

पुस ५, काठमाडौँ | अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्।

विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो।

विश्वकप जितेको खुसीमा राष्ट्रिय विदा दिएको अर्जेन्टिनाले खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने भएका छ।


खेलाडी र पदाधिकारीको प्रतिक्षामा रातभर विमानस्थलमा कुरेर बसेका समर्थकहरूले चर्को स्वरमा गीत गाउँदै राष्ट्रिय झन्डासहित टोलीलाई स्वागत गरेका छन्।

‍विमान रोकिएपछि पाइलटले अर्जेन्टिनाको झण्डा फहराउन ककपिटको झ्याल खोलेका थिए। ट्रफीसहित प्लेनबाट बाहिर निस्किएका मेसीसहितको टोलीलाई रातो कार्पेट बिच्छाएर भब्य स्वागत गरियो।

विश्वकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि टोलीको विजयी परेडमा सहभागी हुन मंगलबार राजधानी पुगेको हो।

राजधानीका सडकमा लाखौं प्रशंसक भेला भएर राष्ट्रिय हिरोहरूलाई सम्मान गरिरहेका छन्।


मिडिया एजेन्सी तेलामका अनुसार टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा समर्थकमाझ रात बिताउनेछ।

टोलीको आगमन अघि सोमबार प्रशिक्षणस्थलमा समर्थकहरूको थामिनसक्नु भीड थियो। 

विश्वकप जितेपछि कप्तान लियोनल मेसीले यो सफलताको खुसियाली आफू अर्जेन्टिना पुगेर हेर्न चाहेको बताएका थिए। 

‘यो जितको खुसियाली कस्तो हुनेछ म अर्जेन्टिना पुगेर हेर्न आँतुर छु। म सम्पूर्ण अर्जेन्टिनी समर्थकलाई धैर्य गर्न आग्रह गर्छु। म पनि त्यहाँ आउन र खुसियाली साट्न ब्यग्र छु, मेस्सीले भनेका थिए।

भिडिओ हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल