५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै मूर्खले जिम्मेवारी नलिउन्जेल ट्विटरको सीईओ बनिरहने मस्कको घोषणा

६ पुष २०७९, बुधबार ०६:२२

सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले कुनै मूर्ख मान्छेले जिम्मेवारी नलिउन्जेलसम्म कम्पनीको सीईओ बनिरहने घोषणा गरेका छन् । 

प्रमुख कार्यकारीको भूमिकाबाट बिदा लिऊँ कि नलिऊँ भनी मस्कले ट्विटरमा गरेको पोलमा बहुमतले बिदा लिने पक्षमा मत दिएपछि मस्कले राजीनामा दिने भएका हुन् । तर उत्तराधिकारी खोज्नका लागि समय लाग्न सक्ने उनले स्वीकार गरे । 


‘यो काम लिने कुनै मूर्ख फेला पार्नेबित्तिकै म सीईओ पदबाट राजीनामा दिन्छु । त्यसपछि म सफ्टवेयर र सर्भर टीम मात्र चलाउँछु,’ मस्कले मंगलवार एक ट्वीटमार्फत घोषणा गरे । 

मस्कले सक्रियतापूर्वक सीईओको आकांक्षीको खोजी गरिरहेको सीएनबीसीले खबर दिएको छ । 

आइतवार मस्कले गराएको पोलमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी थिए । तीमध्ये लगभग ५७.५ प्रतिशतले मस्कलाई सीईओ पदबाट राजीनामा दिने पक्षमा मत दिए । 

सोमवार मस्कले ट्विटरका नीतिनियम परिवर्तनमा आफ्नो विचार प्रस्तुत गर्न ट्विटर ब्लु सब्स्क्राइबरहरू मात्र समर्थ हुने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता