विश्वकपको विजय उत्सव मनाउँदा अर्जेन्टिनामा १ जनाको मृत्यु, ५ वर्षीय बालक कोमामा( भिडिओ)

Posted on: 21 Dec, 2022

पुस ६, काठमाडौँ | विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ वर्षीय एक जना बालक कोमामा गएका छन् ।

उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो । आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएका  एक जनाको मृतु भएको हो । विजयी उत्सव मनाउने क्रममा समर्थकहरु अराजक बनेपछि प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको छ ।

World Cup celebrations turned ugly in Buenos Aires

केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका थिए । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्‍याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् १९८६ मा दोश्रो पटक विश्वकप जितेको अर्जेन्टिनाले त्यसको ३६ वर्षपछि तेस्रो उपाधि उचालेको थियो । विश्व विजेता टिमको समर्थनमा राजधानी ब्यूनर्स आयर्सको सडकमा ४० लाख मानिस उत्रिएका थिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!