५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनलाई थप हतियार नदिन अमेरिकालाई रुसको चेतावनी

६ पुष २०७९, बुधबार ११:३३

पुस ६, काठमाडौँ | युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइटहाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षfबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने चेतावनी दिएको हो। 


प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो संकेत गर्दैन। मस्कोले युक्रेनले शान्तिवार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता  इन्कार गर्नुहुनेछैन।’ 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार नै वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ। ह्वाइटहाउसकी प्रवक्ता करिन जिन पियरेका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वयंले बुधबार मात्र भ्रमण कार्यक्रमबारे पुष्टि गरेका हुन्।  

 पियरेले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘यो भ्रमणले युक्रेनलाई जतिसक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ।’ 

जेलेन्स्कीले बुधबार गरेको ट्विटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदै छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता