२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलेको घरमा क्रिसमस कार्यक्रम रद्द, छोरीले भनिन् : अस्पतालमा बुवासँगै बस्छौं

२०७९, ७ पुष बिहीबार ०६:४८

पुस ७, काठमाडौँ | ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ।

पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरमा आयोजना गरिने क्रिसमस कार्यक्रम रद्द गरिएको बताएकी छिन्।


इनस्टाग्राममा पेलेकी छोरी केली नाससिमेन्टोले लेखेकी छिन् ' हाम्रो घरको क्रिसमस रद्द गरिएको छ।' केलीले चिकित्सकहरुको सल्लाह बमोजिम अस्पतालमै रहेर पेलेको हेरचाह गर्ने निर्णयमा पुगेको बताइन्।

पेलेको स्वास्थ्य अवस्था बिग्रिएको समाचार सार्वजनिक भएपछि कतारमा विश्वकप चल्दै थियो। त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे धेरै फुटबल फ्यानहरुले चिन्ता व्यक्त गरेका थिए। दक्षिण कोरियासँगको खेलमा ब्राजिलको फुटबल टोलीले पेलेको स्वास्थ्यमा सुधारको कामना गर्दै 'ट्रिब्युट' पनि दिएको थियो।

पेलेले ब्राजिललाई ३ पटक विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्राजिलका लागि उनले ९२ खेलमा ७७ गोल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल