2026-09-28 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलेको घरमा क्रिसमस कार्यक्रम रद्द, छोरीले भनिन् : अस्पतालमा बुवासँगै बस्छौं

पुस ७, काठमाडौँ | ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ।

पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरमा आयोजना गरिने क्रिसमस कार्यक्रम रद्द गरिएको बताएकी छिन्।

इनस्टाग्राममा पेलेकी छोरी केली नाससिमेन्टोले लेखेकी छिन् ‘ हाम्रो घरको क्रिसमस रद्द गरिएको छ।’ केलीले चिकित्सकहरुको सल्लाह बमोजिम अस्पतालमै रहेर पेलेको हेरचाह गर्ने निर्णयमा पुगेको बताइन्।

पेलेको स्वास्थ्य अवस्था बिग्रिएको समाचार सार्वजनिक भएपछि कतारमा विश्वकप चल्दै थियो। त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे धेरै फुटबल फ्यानहरुले चिन्ता व्यक्त गरेका थिए। दक्षिण कोरियासँगको खेलमा ब्राजिलको फुटबल टोलीले पेलेको स्वास्थ्यमा सुधारको कामना गर्दै ‘ट्रिब्युट’ पनि दिएको थियो।

पेलेले ब्राजिललाई ३ पटक विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्राजिलका लागि उनले ९२ खेलमा ७७ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह