2026-10-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलेको घरमा क्रिसमस कार्यक्रम रद्द, छोरीले भनिन् : अस्पतालमा बुवासँगै बस्छौं

पुस ७, काठमाडौँ | ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ।

पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरमा आयोजना गरिने क्रिसमस कार्यक्रम रद्द गरिएको बताएकी छिन्।

इनस्टाग्राममा पेलेकी छोरी केली नाससिमेन्टोले लेखेकी छिन् ‘ हाम्रो घरको क्रिसमस रद्द गरिएको छ।’ केलीले चिकित्सकहरुको सल्लाह बमोजिम अस्पतालमै रहेर पेलेको हेरचाह गर्ने निर्णयमा पुगेको बताइन्।

पेलेको स्वास्थ्य अवस्था बिग्रिएको समाचार सार्वजनिक भएपछि कतारमा विश्वकप चल्दै थियो। त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे धेरै फुटबल फ्यानहरुले चिन्ता व्यक्त गरेका थिए। दक्षिण कोरियासँगको खेलमा ब्राजिलको फुटबल टोलीले पेलेको स्वास्थ्यमा सुधारको कामना गर्दै ‘ट्रिब्युट’ पनि दिएको थियो।

पेलेले ब्राजिललाई ३ पटक विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्राजिलका लागि उनले ९२ खेलमा ७७ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने