२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली सैनिकबाट एक प्यालेस्टिनी फुटबलर मारिए

२०७९, ८ पुष शुक्रबार १०:२२

पुस ८, काठमाडौँ | इजरायली सैनिकबाट प्यालेस्टाइनका एक फुटबलर मारिएका छन् । प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बिहीबार इजरायलको सैनिकबाट एक फुटबलरसँगै पाँचजना मारिएको पुष्टि गरेका हुन् ।

प्यालेस्टिनी सहर जोसेफको चिहानमा इजरायली सैनिकविरुद्ध निस्किएको प्यालेस्टिनी जुलुसमा रहेका २३ वर्षीय फुटबलर अहमद अतेफ दाराघमेहलाई इजरायली सेनाले बर्साएको गोली लागेको थियो ।


इजरायली सेनाले गरेको गोलाबारीबाट घाइते भएका फुटबलर अहमद दाराघमेहको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका हुन् । दाराघमेहले उक्त भीडको समर्थनमा सडकमा आएका हो वा होइन भन्नेबारे भने हालसम्म स्पष्ट खुलेको छैन ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार डोबास सहरका दाराघमेह थाकफी तुल्कार्म फुटबल क्लबबाट प्यालेस्टाइनको शीर्ष डिभिजन लिग वेस्ट ब्यांक प्रिमियर लिग खेल्थे । 

इजरायली सेनाले भने आफूहरूमाथि विस्फोटक प्रहार र गोली प्रहार गर्ने प्यालेस्टाइनीहरूविरुद्ध जवाफी आक्रमण गरेको जनाएको छ ।

निशेधित क्षेत्र गाजापट्टीलाई नियन्त्रण गर्ने प्यालेस्टिनी समूह हमासले भने दाराघमेह आफ्नो संगठनको सदस्य भएको बताएको छ । तर, हमासले पनि उनी मारिएपछि दाराघमेह लडाइँमा संलग्न थिए वा थिएनन् भने खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल