५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली सैनिकबाट एक प्यालेस्टिनी फुटबलर मारिए

८ पुष २०७९, शुक्रबार १०:२२

पुस ८, काठमाडौँ | इजरायली सैनिकबाट प्यालेस्टाइनका एक फुटबलर मारिएका छन् । प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बिहीबार इजरायलको सैनिकबाट एक फुटबलरसँगै पाँचजना मारिएको पुष्टि गरेका हुन् ।

प्यालेस्टिनी सहर जोसेफको चिहानमा इजरायली सैनिकविरुद्ध निस्किएको प्यालेस्टिनी जुलुसमा रहेका २३ वर्षीय फुटबलर अहमद अतेफ दाराघमेहलाई इजरायली सेनाले बर्साएको गोली लागेको थियो ।


इजरायली सेनाले गरेको गोलाबारीबाट घाइते भएका फुटबलर अहमद दाराघमेहको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका हुन् । दाराघमेहले उक्त भीडको समर्थनमा सडकमा आएका हो वा होइन भन्नेबारे भने हालसम्म स्पष्ट खुलेको छैन ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार डोबास सहरका दाराघमेह थाकफी तुल्कार्म फुटबल क्लबबाट प्यालेस्टाइनको शीर्ष डिभिजन लिग वेस्ट ब्यांक प्रिमियर लिग खेल्थे । 

इजरायली सेनाले भने आफूहरूमाथि विस्फोटक प्रहार र गोली प्रहार गर्ने प्यालेस्टाइनीहरूविरुद्ध जवाफी आक्रमण गरेको जनाएको छ ।

निशेधित क्षेत्र गाजापट्टीलाई नियन्त्रण गर्ने प्यालेस्टिनी समूह हमासले भने दाराघमेह आफ्नो संगठनको सदस्य भएको बताएको छ । तर, हमासले पनि उनी मारिएपछि दाराघमेह लडाइँमा संलग्न थिए वा थिएनन् भने खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता