२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानलाई अमेरिकाले सुरक्षा सहयोग गरेपछि भारत र अफगानिस्तान दुवैलाई खतरा

२०७९, १० पुष आईतवार ०६:३३

पुस १०, काठमाडौँ । अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायताका लागि रकम दिने घोषणा गरेको छ । 

अफगान सीमामा सुरक्षा बढाउनका लागि करोडौं अमेरिकी डलर पाकिस्तानले पाउने भएको हो । उक्त सीमाबाट पाकिस्तानमाथि भइरहेको आक्रमणबाट चिन्ता जागेको अमेरिकाको भनाइ छ । 

त्यसलाई रोक्नका लागि ऊ पाकिस्तानसँग साझेदारी गर्न तयार छ । 

US Pakistan Aid: Biden's love for Pakistan, which became a threat to India-Taliban,  why is Washington funding Islamabad?

पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जदारीले यसको पुष्टि गर्दै अमेरिकाले आफ्नो नयाँ रक्षा बजेटमा पाकिस्तानी सीमाको सुरक्षाका लाथि आर्थिक सहायता दिन लागेको पुष्टि गरेका हुन् । 

पाकिस्तानलाई अमेरिकाले फन्ड नदिएको वर्षौं भइसकेको थियो तर बाइडन प्रशासनले त्यो काम थालेको छ । केही महिनाअघि मात्र अमेरिकाले पाकिस्तानसँग रहेको एफ–१६ लडाकू विमानको स्तरोन्नतिका लागि करोडौं डलरको विशेष प्याकेज उपलब्ध गराएको थियो । 

अमेरिकाको नयाँ आर्थिक सहयोगले परोक्ष रूपमा पाकिस्तानी सेनालाई फाइदा गर्नेछ । 

यस आर्थिक सहयोगको बलमा पाकिस्तानले भारतमा अशान्ति मच्चाउन योगदान गर्न सक्ने आशंका भारतीयहरूले गरेका छन् । अफगान सीमा सुरक्षाका लागि पैसा लिएको भए पनि पाकिस्तानले भारत सीमामा सुरक्षा तयारी बढाउन सक्ने उनीहरूको अनुमान छ । 

पाकिस्तानका लागि तालिबान खासै खतरा हैन । त्यसमाथि पाकिस्तानका नयाँ सेनाप्रमुख जनरल असीम मुनीर पहिलेदेखि नै तालिबानीहरूसँगको सम्बन्धका लागि कुख्यात छन् । यस्तो अवस्थामा अमेरिकाले पाकिस्तानलाई दिएको सहयोगले भारतको टेन्सन बढाएको छ । 

अमेरिकाले कसैलाई पनि सित्तैमा सहायता गर्दैन । उसले पाकिस्तानसँग त्यसको असुलउपर गर्नेछ । 

अफगानिस्तानबाट अमेरिका सेनाको फिर्तीपछि मध्य एसियामा अमेरिकी उपस्थिति अन्त्य भइसकेको छ । 

तालिबानले अमेरिकालाई अफगानिस्तानमा खासै भाउ नदिने भएकाले ऊ पाकिस्तानमा रहेको तहरीक–ए–तालिबानको खतरा देखाएर त्यहाँ आफ्नो उपस्थिति बढाउन खोजिरहेको छ । 

पाकिस्तानी भूमिको उपयोग गरेर अमेरिकाले अफगानिस्तानमा निगरानी र आक्रमण गर्ने योजना बनाएको हुन सक्छ । पाकिस्तानी गुप्तचर निकाय आईएसआईलाई अफगान तालिबानबाट गोप्य सूचना लिनका लागि पनि अमेरिकाले उपयोग गर्न सक्छ । त्यस अवस्थामा अमेरिकाले चाहेको समयमा अफगान भूमिमा आक्रमण गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल