४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानलाई अमेरिकाले सुरक्षा सहयोग गरेपछि भारत र अफगानिस्तान दुवैलाई खतरा

१० पुष २०७९, आईतवार ०६:३३

पुस १०, काठमाडौँ । अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायताका लागि रकम दिने घोषणा गरेको छ । 

अफगान सीमामा सुरक्षा बढाउनका लागि करोडौं अमेरिकी डलर पाकिस्तानले पाउने भएको हो । उक्त सीमाबाट पाकिस्तानमाथि भइरहेको आक्रमणबाट चिन्ता जागेको अमेरिकाको भनाइ छ । 

त्यसलाई रोक्नका लागि ऊ पाकिस्तानसँग साझेदारी गर्न तयार छ । 

US Pakistan Aid: Biden's love for Pakistan, which became a threat to India-Taliban,  why is Washington funding Islamabad?

पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जदारीले यसको पुष्टि गर्दै अमेरिकाले आफ्नो नयाँ रक्षा बजेटमा पाकिस्तानी सीमाको सुरक्षाका लाथि आर्थिक सहायता दिन लागेको पुष्टि गरेका हुन् । 

पाकिस्तानलाई अमेरिकाले फन्ड नदिएको वर्षौं भइसकेको थियो तर बाइडन प्रशासनले त्यो काम थालेको छ । केही महिनाअघि मात्र अमेरिकाले पाकिस्तानसँग रहेको एफ–१६ लडाकू विमानको स्तरोन्नतिका लागि करोडौं डलरको विशेष प्याकेज उपलब्ध गराएको थियो । 

अमेरिकाको नयाँ आर्थिक सहयोगले परोक्ष रूपमा पाकिस्तानी सेनालाई फाइदा गर्नेछ । 

यस आर्थिक सहयोगको बलमा पाकिस्तानले भारतमा अशान्ति मच्चाउन योगदान गर्न सक्ने आशंका भारतीयहरूले गरेका छन् । अफगान सीमा सुरक्षाका लागि पैसा लिएको भए पनि पाकिस्तानले भारत सीमामा सुरक्षा तयारी बढाउन सक्ने उनीहरूको अनुमान छ । 

पाकिस्तानका लागि तालिबान खासै खतरा हैन । त्यसमाथि पाकिस्तानका नयाँ सेनाप्रमुख जनरल असीम मुनीर पहिलेदेखि नै तालिबानीहरूसँगको सम्बन्धका लागि कुख्यात छन् । यस्तो अवस्थामा अमेरिकाले पाकिस्तानलाई दिएको सहयोगले भारतको टेन्सन बढाएको छ । 

अमेरिकाले कसैलाई पनि सित्तैमा सहायता गर्दैन । उसले पाकिस्तानसँग त्यसको असुलउपर गर्नेछ । 

अफगानिस्तानबाट अमेरिका सेनाको फिर्तीपछि मध्य एसियामा अमेरिकी उपस्थिति अन्त्य भइसकेको छ । 

तालिबानले अमेरिकालाई अफगानिस्तानमा खासै भाउ नदिने भएकाले ऊ पाकिस्तानमा रहेको तहरीक–ए–तालिबानको खतरा देखाएर त्यहाँ आफ्नो उपस्थिति बढाउन खोजिरहेको छ । 

पाकिस्तानी भूमिको उपयोग गरेर अमेरिकाले अफगानिस्तानमा निगरानी र आक्रमण गर्ने योजना बनाएको हुन सक्छ । पाकिस्तानी गुप्तचर निकाय आईएसआईलाई अफगान तालिबानबाट गोप्य सूचना लिनका लागि पनि अमेरिकाले उपयोग गर्न सक्छ । त्यस अवस्थामा अमेरिकाले चाहेको समयमा अफगान भूमिमा आक्रमण गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट