५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा मेस्सीले लगाएको कालो पोशाक १० लाख डलरमा किन्ने प्रस्ताव

१० पुष २०७९, आईतवार ०६:५१

पुस १०, काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाक ‘बिस्ट’ लाई १० लाख डलर मूल्यमा खरिदको प्रस्ताव आएको छ।

विश्वकपको उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक ‘बिस्ट’ लगाइदिएका थिए। यो पोशाकको विषयलाई लिएर केहीले मेस्सीको राष्ट्रिय टोलीको जर्सी छेकिएको भन्दै आलोचना गरेका थिए भने केहीले अरब मुलुकले संस्कृतिलाई मेस्सीले सम्मान गरेको भन्दै उनको प्रशंसा गरेका थिए। उक्त पोशाकलाई खरिद गर्न ओमानको संसदका एक सदस्यले १० लाख डलर दिने प्रस्ताव गरेका हुन्। 


ओमानका सांसद अहमद अल बार्वानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त बिस्टलाई १० लाख डलरमा खरिदको प्रस्ताव राखेका हुन्। उनले सामाजिक सञ्जालमा विश्वकप जितेकोमा अर्जेन्टिनालाई बधाई दिँदै भनेका छन्, ‘शौर्य र विद्धमत्ताको प्रतीक अरेबिक बिस्ट फर्काउन म तपाईंहरुसँग १० लाख डलरको प्रस्ताव गर्छु।’

उनले द नेशनलसँगको कुराकानीमा मेस्सीको साप्ताहिक तलबभन्दा पनि कम रकमको लागि गरिएको उक्त प्रस्ताव मेस्सीले बिस्ट बेच्न चाहेको अवस्थामा बढाउन सकिने बताएका छन्। अल बार्वानीले अरेबिक मुलुकको गर्वको विषयसमेत रहेको उक्त बिस्टलाई सधैं स्मरण रहोस् भनेर प्रदर्शनीमा राख्न चाहेको बताएका छन्। 

के हो बिस्ट? 

कतार विश्वकपआयोजक समितिका महासचिव हसन अल थवाडी भन्छन्, ‘यो एक आधिकारिक अवसरको लागि तयार गरिएको पोशाक हो र यो समारोहको लागि लगाइन्छ। यो मेस्सीको जितको सम्मानमा उनलाई लगाइएको हो।’ 

उनले भने, ‘विश्वकप हाम्रो लागि अरब र मुस्लिम संस्कृति विश्वलाई देखाउने अवसर थियो। यसले कतारको मात्र होइन, एक क्षेत्रको उत्सवको खुसीको प्रतिनिधित्व गर्छ।’

अरब मुलुकमा यस्तो पोशाक कुनै विशेष समारोहमा लगाइन्छ। त्यसैले फाइनल खेल जितेपछिको महत्वपूर्ण अवसरमा उक्त पोशाक कतारका राजाले मेस्सीलाई लगाइदिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता