2026-09-07 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा मेस्सीले लगाएको कालो पोशाक १० लाख डलरमा किन्ने प्रस्ताव

पुस १०, काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाक ‘बिस्ट’ लाई १० लाख डलर मूल्यमा खरिदको प्रस्ताव आएको छ।

विश्वकपको उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक ‘बिस्ट’ लगाइदिएका थिए। यो पोशाकको विषयलाई लिएर केहीले मेस्सीको राष्ट्रिय टोलीको जर्सी छेकिएको भन्दै आलोचना गरेका थिए भने केहीले अरब मुलुकले संस्कृतिलाई मेस्सीले सम्मान गरेको भन्दै उनको प्रशंसा गरेका थिए। उक्त पोशाकलाई खरिद गर्न ओमानको संसदका एक सदस्यले १० लाख डलर दिने प्रस्ताव गरेका हुन्। 

ओमानका सांसद अहमद अल बार्वानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त बिस्टलाई १० लाख डलरमा खरिदको प्रस्ताव राखेका हुन्। उनले सामाजिक सञ्जालमा विश्वकप जितेकोमा अर्जेन्टिनालाई बधाई दिँदै भनेका छन्, ‘शौर्य र विद्धमत्ताको प्रतीक अरेबिक बिस्ट फर्काउन म तपाईंहरुसँग १० लाख डलरको प्रस्ताव गर्छु।’

उनले द नेशनलसँगको कुराकानीमा मेस्सीको साप्ताहिक तलबभन्दा पनि कम रकमको लागि गरिएको उक्त प्रस्ताव मेस्सीले बिस्ट बेच्न चाहेको अवस्थामा बढाउन सकिने बताएका छन्। अल बार्वानीले अरेबिक मुलुकको गर्वको विषयसमेत रहेको उक्त बिस्टलाई सधैं स्मरण रहोस् भनेर प्रदर्शनीमा राख्न चाहेको बताएका छन्। 

के हो बिस्ट? 

कतार विश्वकपआयोजक समितिका महासचिव हसन अल थवाडी भन्छन्, ‘यो एक आधिकारिक अवसरको लागि तयार गरिएको पोशाक हो र यो समारोहको लागि लगाइन्छ। यो मेस्सीको जितको सम्मानमा उनलाई लगाइएको हो।’ 

उनले भने, ‘विश्वकप हाम्रो लागि अरब र मुस्लिम संस्कृति विश्वलाई देखाउने अवसर थियो। यसले कतारको मात्र होइन, एक क्षेत्रको उत्सवको खुसीको प्रतिनिधित्व गर्छ।’

अरब मुलुकमा यस्तो पोशाक कुनै विशेष समारोहमा लगाइन्छ। त्यसैले फाइनल खेल जितेपछिको महत्वपूर्ण अवसरमा उक्त पोशाक कतारका राजाले मेस्सीलाई लगाइदिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित