२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुटिनका आलोचक’ रुसी सांसद होटलमा मृत फेला

२०७९, १२ पुष मंगलवार ०८:५०

पुस १२, काठमाडौँ । रुसी राजनीतिज्ञ ६५ वर्षीय पावेल एन्टेभको गत शनिबार ओडिशाको एक होटलमा निधन भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार रुसी सांसद एन्टेभ आफ्ना केही साथीहरूसँग भारत आएका थिए ।

हालै उनले युक्रेनमा रुसले गरेको आक्रमणको कथित रूपमा आलोचना गरेका थिए । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्ता लिएका थिए । यही भनाइका कारण उनलाई पुटिनको आलोचक मानिएको थियो ।


एन्टेभ डिसेम्बर २१ देखि ओडिशाको रायगडा जिल्लाको एक होटलमा आफ्ना केही साथीहरूसँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार एन्टेभ शनिबार होटल बाहिर मृत अवस्थामा फेला परेका थिए । यसभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको सोही होटलमा मृत्यु भएको थियो ।

उनी होटलको पहिलो तल्लामा अचेत अवस्थामा फेला परेका थिए र उनको वरिपरि खाली रक्सीका बोतलहरू भेटिएका थिए ।

त्यसपछि उनलाई अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

एक शीर्ष प्रहरी अधिकारीले रुसी राजनीतिज्ञ पावेल एन्टेभले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । उनका अनुसार उनी आफ्ना साथीको मृत्युपछि निकै दुःखी भएका थिए ।

तर, दुर्घटनावश छतबाट खसेको लगायतका सबै कोणबाट यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस टोलीका अन्य दुईजना सदस्यलाई हाल यहीँ बसेर अनुसन्धानमा सहयोग गर्न भनिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यसै क्रममा होटल सञ्चालकले भनेका छन्, ‘रुसी दूतावासबाट कागजपत्र पर्खिरहेका छौँ, बाँकी दुई जना पनि जानेछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल