५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुटिनका आलोचक’ रुसी सांसद होटलमा मृत फेला

१२ पुष २०७९, मंगलवार ०८:५०

पुस १२, काठमाडौँ । रुसी राजनीतिज्ञ ६५ वर्षीय पावेल एन्टेभको गत शनिबार ओडिशाको एक होटलमा निधन भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार रुसी सांसद एन्टेभ आफ्ना केही साथीहरूसँग भारत आएका थिए ।

हालै उनले युक्रेनमा रुसले गरेको आक्रमणको कथित रूपमा आलोचना गरेका थिए । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्ता लिएका थिए । यही भनाइका कारण उनलाई पुटिनको आलोचक मानिएको थियो ।


एन्टेभ डिसेम्बर २१ देखि ओडिशाको रायगडा जिल्लाको एक होटलमा आफ्ना केही साथीहरूसँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार एन्टेभ शनिबार होटल बाहिर मृत अवस्थामा फेला परेका थिए । यसभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको सोही होटलमा मृत्यु भएको थियो ।

उनी होटलको पहिलो तल्लामा अचेत अवस्थामा फेला परेका थिए र उनको वरिपरि खाली रक्सीका बोतलहरू भेटिएका थिए ।

त्यसपछि उनलाई अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

एक शीर्ष प्रहरी अधिकारीले रुसी राजनीतिज्ञ पावेल एन्टेभले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । उनका अनुसार उनी आफ्ना साथीको मृत्युपछि निकै दुःखी भएका थिए ।

तर, दुर्घटनावश छतबाट खसेको लगायतका सबै कोणबाट यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस टोलीका अन्य दुईजना सदस्यलाई हाल यहीँ बसेर अनुसन्धानमा सहयोग गर्न भनिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यसै क्रममा होटल सञ्चालकले भनेका छन्, ‘रुसी दूतावासबाट कागजपत्र पर्खिरहेका छौँ, बाँकी दुई जना पनि जानेछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता