२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपका दौरान मेसी बसेको विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने

२०७९, १३ पुष बुधबार ०८:१९

पुस १३, काठमाडौँ । कतार विश्वविद्यालयले फिफा विश्वकपका दौरान अर्जेन्टिनी स्टार लियोनल मेसी बसेको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ । कतार न्युज एजेन्सी (क्यूएनए)ले ट्विटरमार्फत विश्वकपका दौरान मेसी बसेको कोठामा विश्वविद्यालयले नयाँ पाहुना नराख्ने खुलाएको हो ।

उक्त कोठालाई अब संग्रहालयका रूपमा सजाइने र पाहुना र विद्यार्थीहरूलाई अवलोकन गर्न दिइनेछ ।


विश्वविद्यालयले अर्जेन्टिनाअघि सन् २०१९ को क्लब विश्वकपमा लिभरपुललाई पनि विश्वविद्यालय प्रयोगको सुविधा प्रदान गरेको थियो । विश्वविद्यालयमा स्वीमिङ पुल, जिम र प्रशिक्षणका लागि मैदान पनि छ । यसैकारण अर्जेन्टिनाले होटेलको सट्टा विश्वविद्यालय रोजेको थियो ।

कतार विश्वविद्यालयका सञ्चार निर्देशक हित्मी अल हित्मीका अनुसार विश्वकपका लागि फिफाको नियमानुसार होटेलमा हुनुपर्ने सम्पूर्ण सुविधा विश्वविद्यालयमा थपिएको थियो । अल हित्मीले अबदेखि मेसी बसेको कोठामा कुनै परिवर्तन नगरिने र यसलाई संग्रहालयका रूपमा राखिने बताए ।

“अर्जेन्टिनाका राष्ट्रिय खेलाडी लियोनल मेसी बसेको कोठामा कुनै परिवर्तन गरिने छैन । र, अबदेखि यो भ्रमणमा आउने पाहुनाका लागि मात्र खुला हुनेछ । यो कोठामा अब कसैलाई पनि बासको अनुमति दिइने छैन,” अल हित्मीले भने ।

गएको साता सम्पन्न फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो । त्यो खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए ।

अर्जेन्टिनाले सन् १९७८ मा पहिलो र १९८६ मा दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल