2026-10-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको राजमार्गमा एकै पटक करिब दुईसय सवारी साधन दुर्घटना

पुस १३, काठमाडौँ | चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ ।

अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही सवारी साधन दुर्घटनाका कारण टुक्रा टुक्रा भएको पनि देखिएको छ ।

हेनान प्रान्तको झेङझोउ शहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा २०० वटा सवारी साधन दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

“बुधबार बिहान झेङझोउको पहेँलो नदीको पुलमा अचानक कुहिरो लागेको थियो, जसका कारण धेरै सवारी साधन आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” झेङझोउका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ ।

“दुर्घटना लगत्तै आपतकालिन उद्धार कार्यहरु गरिएका छ भने दुर्घटना स्थललाई सामान्य यातायात सुचारु गर्नका लागि खाली गराइँदै छ,” रिपोर्टमा भनिएको छ।

चीनमा कडा यातायात सुरक्षा नियम, कमजोर सडक संरचना साथै चालकको लापर्बाहीका कारण सडक दुर्घटानाबाट बर्षेनी हजारौँ नागरिकको अकालमा ज्यान जाने वा अगभङ्ग हुने गर्छ ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी गुइझोउ प्रान्तको क्वारेन्टिनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जना यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने