2026-10-24 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाम्बियाजस्तै उज्बेकिस्तानमा भारतीय खाेकीकाे औषधी खाँदा १८ बालबालिकाको मृत्यु

पुस १४, काठमाडौँ | उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले बुधबार समरकन्दमा कम्तीमा १८ बालबालिकाको भारतमा बनेको सिरप पिउँदा मृत्यु भएको जनाएको छ । डक वान म्याक्स नामको यो सिरप नोएडाको मेरियन बायोटेकले बनाएको थियो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले यस विषयमा एक विज्ञप्ति जारी गर्दै यो सिरपको प्रयोगशाला परीक्षणको क्रममा यसमा एथिलिन ग्लाइकोल नामक दुषित पदार्थ भेटिएको जनाएको छ । बच्चालाई डाक्टरको सल्लाह बिना भारी मात्रामा यसको सेवन गराइएको पनि बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्राप्त गरेको यो सिरपको शीशीको प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धानबाट यो सिरपमा एथलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको खुलेको छ । एक किलोग्राम परिमाणमा एक देखि दुई एमएल मिसाएर तयार पारिएको सिरपको ९५ प्रतिशत गाढा घोल पिउनाले बान्ता, बेहोस हुने, मुटुको समस्या देखि मृगौला फेल हुने जस्ता समस्या हुन सक्छ ।’

दुषित इथिलीन ग्लाइकोल र डी–एथलिन ग्लाइकोल एउटै पदार्थ हुन् जुन यसअघि गाम्बियामा ७० बालबालिकाको मृत्युसँग जोडिएको भारतीय–निर्मित सिरपका चार ब्रान्डमा फेला परेको थियो ।

विश्व स्वास्थ्य संगठनले इन्डियन एक्सप्रेससँगको कुराकानीमा विश्व स्वास्थ्य संगठन उज्बेकिस्तानमा स्वास्थ्य विभागको सम्पर्कमा भएको र यो घटनाको अनुसन्धानमा सहयोग गर्नका लागि तयार भएको बताएको छ ।

सिरप बनाउने कम्पनी मेरियन बायोटेक र केन्द्रीय स्वास्थ्य मन्त्रालयले यो मामिलामा इन्डियन एक्सप्रेसको प्रश्नको जवाफ दिएको छैन ।

उज्बेकिस्तानको मन्त्रालयले डोक १ म्याक्समा प्यारासिटामोल पाइने भएकाले औषधि पसलको सल्लाहमा बालबालिकालाई रुघाखोकीका लागि यो औषधि दिएको बताएको छ ।

बच्चाहरुको मृगौलामा क्षति

अस्पतालमा भर्ना गराइञ्जेलसम्म बालबालिकाले यो औषधी दुईदेखि तीन दिनसम्म तीन वा चार पटक २.५ देखि ५ एमएल सेवन गरे जुन बालबालिकाका लागि निश्चित मात्राभन्दा बढी हो ।यो विज्ञप्तिमा यो पनि भनिएको छ, ‘शरीरको तापक्रम ३८ देखि ३८.५ डिग्री सेल्सियस हुँदा एक वर्ष मुनिका बालबालिकालाई १०० देखि १२५ मिलिग्राम औषधि खुवाउनुपर्छ । एकदेखि तीन वर्षका बालबालिकालाई २०० मिलीग्राम र तीनदेखि पाँच वर्षका बालबालिकालाई २५० मिलिग्राम औषधि खुवाउनुपर्छ । तर शरीरको तापक्रम सामान्य हुँदा यो औषधि खानु हुँदैन ।’

उजबेकिस्तानका स्थानीय समाचारपत्रहरूले समरकन्दस्थित बाल अस्पतालबाट क्षेत्रीय स्वास्थ्य प्रमुख डाभ्रोनबेक जुमेनोजोभलाई डिसेम्बर १५ मा लेखेको पत्रलाई उद्धृत गर्दै दुई महिनाभित्र बालबालिकामा मृगौला बिग्रिएका र मृगौला फेल भएका २१ वटा घटना भएको जानकारी दिइयो । बालबालिकाले पिसाब फेर्ने जस्ता समस्याको सामना गर्नुपर्यो र १७ बालबालिकालाई डायलाइसिसमा राखियो जसमध्ये १५ जनाको मृत्यु भयो । यसपछि डक १ म्याक्स सिरप र ट्याब्लेटको बिक्री बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले अभिभावकलाई सर्तक रहन र सात कर्मचारीलाई बालबालिकाको मृत्यु हुनुको कारण र सही विश्लेषण र आवश्यक कदम उठाउन सफल नभएका कारण निलम्बन गरिएको छ ।

उज्बेकिस्तानमा भएको घटना गाम्बियामा भएको त्रासदी जस्तै हो जहाँ भारतीय निर्मित सिरप पिएर कथित रूपमा ७० बालबालिकाको मृत्यु भएको थियो। यो सिरपमा पनि इथिलीन ग्लाइकोल र डाइ–इथिलिन ग्लाइकोल रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने