2026-09-27 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी सिरियामा ‘आतङ्ककारी आक्रमण’ मा १० जनाको हत्या

पुस १६, दमास्कस | पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

दैर अल–जौर प्रान्तको अल–तैयम तेल खानीमा कामदारले सिफ्ट परिवर्तन गरिरहेका बेला उक्त आक्रमण भएको सानाको रिपोर्टमा उल्लेख छ ।

आक्रमणकारीहरूले त्यस क्षेत्रको खराब मौसमको फाइदा उठाएका थिए । 

सिरियाको सरकारी समाचार संस्थाले पनि पूर्वी सिरियाका प्रमुख तेल र ग्यास खानीमा नियन्त्रण राखेको संयुक्त राज्य अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको उल्लेख गरिएको छ ।

सिरियाली सरकारले वासिङ्टनविरूद्ध अरब देशबाट तेल चोरेको, अवैध रूपमा आफ्नो भूभाग कब्जा गरेको र आफ्नो सीमाभित्र भाडाका सैनिक तथा आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह