2026-06-16 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, शनिबारदेखि युरोको प्रयोग सुरु

२०७९ पुष १६, शनिवार

पुस १६, जाग्रेब | क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । 

लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि दुई प्रमुख लाभ हुनेछन् । 

स्थानीय समयानुसार शनिबार ११ बजे बाल्कन राष्ट्रले आफ्नो कुना मुद्रा प्रयोगलाई अन्त्य गर्नेछ र युरो क्षेत्रको २० औं सदस्य बन्नेछ । यो विश्वको सबैभन्दा ठूलो पासपोर्ट मुक्त सेन्जेन क्षेत्रको २७ औं राष्ट्र पनि हुनेछ । यसले ४० करोडभन्दा बढी आफ्ना नागरिकलाई आफ्ना सदस्यहरूको वरिपरि स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्षम बनाउनेछ । 

रुसले युक्रेनमाथि गरेको आक्रमणले खाद्यान्न र इन्धनको मूल्य नियन्त्रणभन्दा बाहिर गएपछि विश्वव्यापी मुद्रास्फीति बढिरहेको बेला युरोको प्रयोगले क्रोएशियाको अर्थतन्त्रलाई जोगाउन मद्दत पुग्ने विज्ञहरूले बताएका छन् । 

तर यसबारे क्रोएसियालीबीचको भावना मिश्रित छ । उनीहरू सीमा नियन्त्रणको अन्त्यको स्वागत गरेका छन् तर केहीले युरोको सुरूवातको बारेमा चिन्ता गरेका छन् । क्रोएसियाको दक्षिणपन्थी विपक्षी समूहले यसले जर्मनी र फ्रान्सजस्ता ठूला देशहरूलाई मात्र फाइदा पु-याउने तर्क राख्दै आएका छन् । 

जाग्रेबका ६३ वर्षीय निवृत्तिभरण बुझ्दै आएका ड्राजेन गोलेमाकले भन्नुभयो, “हामी हाम्रो मुद्रा (कुना) को प्रयोगको अन्त्यका कारण पछुताउनु पर्नेछ । किनकि यूरोको प्रयोगले देशमा मूल्य वृद्धि निम्त्याउनेछ । यद्यपि, उनकी पत्नी सान्ड्राले ‘युरो बढी मूल्यवान् छ’ भन्दै आफ्ना पतिको भनाइप्रति तत्काल असहमति जनाउनुभयो । 

“जनवरी १ मा केही पनि परिवर्तन हुँदैन, सबै दुई दशकको लागि यूरोमा गणना गरिन्छ,” क्रोशियाली कर सेवाका कर्मचारी नेभेन बेनिकले भन्नुभयो । 

अधिकारीहरूले युरोजोन र सेन्जेनमा सामेल हुने निर्णयको बचाउ गरेका छन् । त्यस्तै, प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले बुधबार भन्नुभयो, “बृहत् ईयु एकीकरणका दुई रणनीतिक लक्ष्यहरू थिए ।”

– ‘स्थिरता र सुरक्षा’

सन् १९९० को दशकमा ३९ लाख जनसङ्ख्या भएको युगोस्लाभियाली गणतन्त्र क्रोएसिया सन् २०१३ मा युरोपेली सङ्घमा सामेल भएको थियो ।

युरो पहिलेदेखि नै क्रोएशियामा धेरै हदसम्म प्रचलनमा रहेको छ । करिब ८० प्रतिशत बैङ्क डिपोजिट यूरोमा अङ्कित छ र जाग्रेबका मुख्य व्यापारिक साझेदारहरू यूरो क्षेत्रमा रहेका छन् । 

स्थानीय मुद्रामा विश्वासको कमी देखाउँदै क्रोएसियालीहरूले लामो समयदेखि आफ्नो कार र अपार्टमेन्टहरूजस्ता सबैभन्दा मूल्यवान सम्पत्तिहरू यूरोमा मुल्याङ्कन हुँदा मूल्यवान् हुने बताएका छन् । 

‘निश्चित रूपमा युरोले (आर्थिक) स्थिरता र सुरक्षा ल्याउँछ,” क्रोएसियाको राष्ट्रिय बैंक (एचएनबी) की एना साबिकले एएफपीसँग भन्नुभयो । विज्ञहरुका अनुसार युरोको प्रयोगले आर्थिक कठिनाइका बीच ऋणको अवस्था घट्नेछ ।

क्रोएसियाको मुद्रास्फीति दर नोभेम्बरमा १३.५ प्रतिशत पुगेको छ भने युरो क्षेत्रमा मुद्रास्फीति १० प्रतिशत पुगेको छ ।

पोल्याण्ड वा हङ्गेरीजस्ता युरोक्षेत्र बाहिरका मुद्रा भएका पूर्वी युरोपेली सङ्घका सदस्य राष्ट्रहरू बढ्दो मुद्रास्फीतिको चपेटामा परेको विश्लेषकहरू बताउँछन् ।

–यूरोपको सीमारहित क्षेत्रमा समावेश

सेन्जेन सीमारहित क्षेत्रमा क्रोएशियाको प्रवेशले एड्रियाटिक राष्ट्रको प्रमुख पर्यटन उद्योगलाई पनि बढावा दिनेछ, जसले यसको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ ।

युरोपेली सङ्घका सदस्य राष्ट्र स्लोभेनिया र हङ्गेरीसँग ७३ वटा स्थल सीमा नाकामा लामो लाइन लाग्नु क्रोस्एशियाका लागि इतिहास बन्नेछ । प्राविधिक समस्याका कारण विमानस्थलमा मार्च २६ मा मात्र सीमा जाँच सकिँदैछ ।

क्रोएसियाले युरोपेली सङ्घ बाहिरका छिमेकी बोस्निया, मोन्टेनेग्रो र सर्बियासँगको पूर्वी सीमामा अझै कडा सीमा जाँच लागू गर्नेछ ।

क्रोएशियाको यो प्रवेशसँगै एक हजार ३५० किलोमिटर (करिब ८४० माइल) मा रहेको इयूको सबैभन्दा लामो बाह्य सीमाको रक्षाका लागि अवैध आप्रवासनविरुद्धको लडाइँ मुख्य चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते