2026-09-27 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा मस्कको कीर्तिमान

पुस २८, काठमाडौँ | ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन्।

विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स‌ले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ।

गिनिज बुख अफ वर्ल्ड रेकर्ड्सका अनुसार मस्कले सन् २०२१ को नोभेम्बर देखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाएका छन्।

त्यहाँ उल्लेख गरिएका विवरणहरू प्रकाशक फोर्ब्स‌बाट प्राप्त तथ्याङ्कमा आधारित छन्। तर गिनिजले अन्य स्रोतहरूबाट प्राप्त विवरणमा मस्कले गुमाएको सम्पत्ति अझै धेरै हुनसक्ने देखिएको बताएको छ।

टेस्लाका लगानीकर्ता चिन्तित

गत वर्ष मस्कले ट्विटर खरिद गरेपछि उनको विद्युतीय कार कम्पनि टेस्लाको शेअर मूल्य ह्वात्तै घटेको थियो।

सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गर्न मस्कले ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि टेस्लाका लगानीकर्ताहरूमाझ अब उनले आफ्नो कार कम्पनीमा धेरै ध्यान केन्द्रित नगर्ने चिन्ता व्यापक भएको थियो।

मस्कको सम्पत्तिमा आएको गिरावटले सन् २००० मा जापानी प्रविधि लगानीकर्ता मासायोशी सोनले गुमाएको ५८.६ अर्ब अमेरिकी डलरको कीर्तिमान भङ्ग गरेको हो।

उनले गुमाएको सम्पत्तिको अनुमानित विवरण मस्कको स्वामित्वमा रहेका शेअरमा आएको गिरावटमा आधारित छ।

तर शेअरको मूल्य पुनः बढ्न पनि सक्छ र मस्कले गुमाएको सम्पत्ति फेरि बढ्न सक्छ।

विश्वका सबैभन्दा धनी व्यक्ति कति अगाडि

गत डिसेम्बरमा मस्कले विश्वकै सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका थिए।

मस्कलाई फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभीएमएचका मालिक बेअर्नार अर्नोले उछिनेका थिए।

यो कम्पनीले चर्चित फ्याशन ब्रान्ड लुई भुइटोँका सामग्रीहरू उत्पादन गर्छ।

सन् २०२२ मा टेस्लाको शेअरमा ६५ प्रतिशतसम्म गिरावट आएको थियो। त्यसको एउटा कारण टेस्लाको काम गर्ने क्षमता पनि थियो।

उक्त उत्पादकले गत वर्ष जम्मा १३ लाखवटा गाडी मात्रै बजारमा पुर्‍याएका कारण पनि यसको शेअर मूल्य घट्न पुगेको हो।

मस्कले ट्विटर खरिद गरेलगत्तै ठूलो सङ्ख्यामा कर्मचारीहरूलाई बर्खास्त गर्ने र सामग्री मध्यस्थता नीतिमा ल्याएको परिवर्तनका कारण उत्पन्न विवादले पनि शेअरमा गिरावट आएको छ।

धेरै टेस्लाका लगानीकर्ताहरूले उनी विद्युतीय गाडी कम्पनीमै केन्द्रित भएर मन्दीको चिन्ता, बढ्दो प्रतिस्पर्धा र कोभिडका कारण उत्पादनमा देखिएको चुनौतीलाई सम्बोधन गर्नुपर्ने ठानेका थिए।

“(टेस्लाका) दीर्घकालीन आधारशिलाहरू निकै बलिया छन्। बजारको अल्पकालीन बहुलट्ठिता अप्रत्याशित हुन्छ,” सन् २०२२ को स्टक मार्केट बन्द भएपछि मस्कले ट्विट गरेका थिए।

फोर्ब्स‌का अनुसार मस्कसँग अहिले १७८ अर्ब डलर बराबरको सम्पत्ति छ। उनीभन्दा धेरै सम्पत्ति कमाएक बेअर्नार अर्नोको अनुमानित सम्पत्ति १८८ अर्ब डलर छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह