2026-09-28 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना, पाइलट तीन महिना निलम्बित

माघ ६, काठमाडौँ | भारतको नागरिक उड्डयन प्राधिकरण (डीजीसीए)ले एक वृद्ध महिला यात्रुलाई सह–यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना लगाएको छ।

समाचार एजेन्सी एएनआईले प्राधिकरणलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेको आरोपमा जरिवाना गरिएको बताएको छ।

प्राधिकरणले सम्बन्धित एयर इन्डिया उडानका पाइलटको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ। पाइलटले आफ्नो कर्तव्य पूरा गर्न असफल भएको उसकाे निष्कर्ष छ।

त्यसैगरी प्राधिकरणले एयर इन्डियाको उडान सेवा निर्देशकलाई तीन लाख रूपैयाँ जरिवाना लगाएको छ।

नोभेम्बरमा भएको घटना करिब डेढ महिनापछि सार्वजनिक भएको थियो। मुद्दामा आरोपी शंकर मिश्रा पक्राउ परेका छन्। एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ।

विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली जाँदै थियो। पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह