2026-09-27 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन पुगे बोरिस जोन्सन, भन्छन्- पुटिन जति चाँडो हार्छन्, त्यति राम्रो

माघ ९, काठमाडौँ | बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रको भ्रमण गरेका छन्।

आइतबार बाेरिस किभ पुग्दा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उनलाई स्वागत गरेका थिए।

कन्जरभेटिभ पार्टीका सांसदले राष्ट्रपति जेलेन्स्कीको निमन्त्रणामा युक्रेन भ्रमण गर्न पाउनु आफ्नो ‘भाग्य’ भएको बताए।

कीभ पुगेपछि जोन्सनलाई युक्रेनका राष्ट्रपति र उनीसँगैका धेरै मन्त्रीहरूले स्वागत गरेका थिए।

जेलेन्स्कीले टेलिग्राममा लेखेका छन्, ‘म युक्रेनको सच्चा मित्र बोरिस जोनसनलाई कीभमा स्वागत गर्दछु। तपाईंको समर्थनको लागि धन्यवाद बोरिस!’

बोरिस जोनसनले राजधानी किभको उत्तरपश्चिममा रहेको बुचा र बोरोडिका सहरहरूको पनि भ्रमण गरे, जुन गत वर्ष मार्चमा रूसी सेनाले कब्जा गरेका थिए।

भ्रमणपछि जोनसनले भने, ‘युक्रेनका जनताको पीडा धेरै लामो समयसम्म चलेको छ। यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको युक्रेनले जतिसक्दो चाँडो जित्नु हो। पुटिन जति चाँडो असफल हुन्छन्, युक्रेन र विश्वको लागि राम्रो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह