2026-09-28 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा मानिसहरूलाई साँझमा बत्ती नबाल्नका लागि सरकारले पैसा दिने

माघ १०, काठमाडौँ | बेलायतमा १० लाखभन्दा बढी घर र कार्यालयलाई साँझ ५ बजेदेखि ६ बजेसम्म बत्ती निभाउनका लागि सरकारले पैसा दिने भएको छ । 

त्यहाँको विद्युत् प्राधिकरणले डिमान्ड फ्लेक्सिबिलिटी सर्भिसलाई एक घन्टाका लागि सक्रिय बनाएको छ । त्यसमा ब्रिटिश ग्यास, ईडीएफ, इयोन र अक्टोपस इनर्जी लगायतका कम्पनीहरू सहभागी छन् । 

बत्ती निभाउने परिवारलाई १० देखि २० पाउन्ड दिइने सरकारको योजना छ ।

कठ्यांग्रिदो जाडोमा लोडशेडिङ गर्न पर्ने स्थिति नआओस् भनी यो व्यवस्था मिलाइएको हो । जाडोमा बिजुलीको खपत सामान्य अवस्थामा भन्दा बढी हुने गर्छ ।

यस परियोजनाका संयोजक क्रेग डाइकले यो योजना प्रत्येक जाडो याममा गर्न सकिने सम्भावनालाई नकारेका छैनन् । यो निकै ठूलो उपलब्धिको पहिलो चरण भएको उनको भनाइ छ ।

दश लाखभन्दा बढी परिवारले यसका लागि निवेदन दिएका छन् । 

तर घर तथा कार्यालयमा स्मार्ट मिटर जडान गरेका मानिसलाई मात्र यो सुविधा उपलब्ध गराइने सरकारको निर्णयको आलोचना गरिएको छ । त्यो अवस्थामा आधा जनसंख्याले मात्र यो सुविधा पाउनेछन् । 

कतिपय प्रयोगकर्ताले स्मार्ट मिटरका लागि ६ महिनादेखि प्रतीक्षा गरिरहेको तर नपाएको अनि अहिले आफूहरूलाई सुविधाबाट वञ्चित गर्न लागिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह