2026-09-28 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा भर्खर अवतरण गरेको विमानको इन्जिनले महिलालाई तानेपछि…

माघ ११, काठमाडौँ । अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ । 

अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन बन्द भइसकेको थिएन । तर पाइडमोन्ट एयरलाइन्सका लागि ग्राउन्ड एजेन्टका रूपमा काम गर्ने कोर्टनी एडवर्ड्स नामक महिला इन्जिनको एकदमै नजिक पुगेपछि उनलाई इन्जिनले खिचेको थियो । 

इन्जिनबाट टाढा बस्नका लागि एडवर्ड्सलाई कैयौंपटक चेतावनी दिइएको भए पनि उनले अटेरी गरेकी थिइन् । त्यसपछि इन्जिनले उनलाई खिच्यो र पूरै विमान नै बेस्सरी हल्लियो । 

डाल्लासबाट मोन्टगोमरी पुगेको उक्त विमानमा ५९ यात्रु तथा चार कर्मचारी थिए । उनीहरू कसैलाई पनि चोटपटक लागेको थिएन । 

विमान अवतरण गरेपछि पाइलटले इन्जिन बन्द गर्ने प्रक्रिया थालेका थिए । तर विमानको अघिल्लो भागको कार्गो ढोका खुला रहेको विषयमा उनलाई चेतावनी दिइएको थियो । 

त्यसपछि कोपाइलटले ग्राउन्डमा रहेका कर्मचारीहरूलाई विमानको इन्जिन खुलै रहेको विषयमा सचेत गराएका थिए । 

त्यसलगत्तै उनले चेतावनी दिने बत्ती बलेको देखे अनि विमान पनि बेस्सरी हल्लियो । अनि विमानको पहिलो इन्जिन आफैं बन्द भयो । 

के भएको भन्ने थाहा नपाएपछि उनले इमर्जेन्सी लाइट बन्द गरे अनि दुवैवटा ब्याट्री पनि निभाइदिए । त्यसपछि उनी विमानबाट ओर्लिएर के भएको हो छानबिन गर्न थाले । 

एडवर्ड्सले चेतावनीलाई बेवास्ता गर्दै इन्जिन नजिक गएकाले इन्जिनले उनलाई तानेको पाइयो । उनको त्यहीँ मृत्यु भयो । 

उनका तीन सन्तान र एक आमा छन् । गोफन्डमी पेजमा उनको परिवारलाई आर्थिक सहायता माग्दै चन्दा उठाइएको छ । त्यसमा अहिलेसम्म १ लाख डलर जम्मा भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह