2026-09-27 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए मुकेश अम्बानी, इलोन मस्क दोस्रोमा, को बने सबैभन्दा धनि व्यक्ति ?

माघ १२, काठमाडौँ | विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। एसियाका सबैभन्दा धनी व्यक्ति तथा अदानी समूहका अध्यक्ष गौतम अडानी लामो समयदेखि शीर्ष १० अर्बपतिको सूचीमा तेस्रो स्थानमा थिए तर अहिले उनी तल झरेका छन्। 

उक्त सूचीको अनुसार भारतबाट शीर्ष १० मा रहेका उद्योगपति मुकेश अम्बानी धनाढ्यको सूचीबाट बाहिरिएका छन् भने गौतम अडानी तेस्रोको सट्टा चौथो नम्बरमा झरेका छन् । 

दुवै धनाढ्य उद्योगपतिहरूको कम्पनीको शेयरमा आएको भारी गिरावटका कारण अडानी र अम्बानीको सम्पत्ति घटेको विभिन्न स्रोतले जनाएको छ । 

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी १२० अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीमा चौथो नम्बरमा आएका छन्। पछिल्लो २४ घण्टामा उनको सम्पत्तिमा ८७२ मिलियन डलरको गिरावट आएको छ।

ब्लूमबर्ग अर्बपतिको सूचीमा तेस्रो स्थानका लागि गौतम अडानी र अमेजनका सह–संस्थापक जेफ बेजोसबीच लामो समयदेखि लडाइँ भइरहेको थियो। पछिल्लो २४ घण्टामा जेफ बेजोसको नेटवर्थ ३१८ मिलियन डलरले बढेको छ भने उनको सम्पत्ति १२१ अर्ब डलर पुगेको छ। यो वृद्धिसँगै उनी सूचीको चौथो नम्बरबाट तेस्रो नम्बरमा उक्लिएका छन् ।

फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले १८८ अर्ब डलरको सम्पत्तिसहित विश्वको सबैभन्दा धनी व्यक्तिको ताज कायम राखेका छन्। योसँगै इलोन मस्क १४५ अर्ब डलरको सम्पत्तिसहित विश्वकै दोस्रो धनी व्यक्ति हुन् । 

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स १११ अर्ब डलरको कुल सम्पत्तिका साथ पाँचौं र पौराणिक लगानीकर्ता वारेन बफेट १०८ अर्ब डलरसहित छैटौं स्थानमा छन्।

अन्य धनीहरूको कुरा गर्दा, ल्यारी एलिसन ९९.५ बिलियन डलर नेटवर्थका साथ अरबपतिहरूको सूचीमा सातौं नम्बरमा छन्। योसँगै ल्यारी पेज ९२.३ बिलियन डलरसहित विश्वको आठौं धनी व्यक्ति हुन् । 

सर्गेई ब्रिन अहिले ८८.७ बिलियन डलरको कुल सम्पत्तिका साथ नौ नम्बरमा पुगेका छन् । यसबाहेक टप १० को सूचीमा अन्तिम नम्बरमा स्टिभ बाल्मरको नाम आउँछ । उनको कुल सम्पत्ति ८६.९ बिलियन डलर छ।

शीर्ष १० अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएसंगै एसियाका दोस्रो धनी मुकेश अम्बानी लामो समयसम्म आठौं स्थानमा थिए।  शीर्ष १० सूचीबाट बाहिरीएसंगै अम्बानी १२ औं स्थानमा पुगेका छन्। पछिल्लो २४ घण्टामा उनको सम्पत्ति ४५७ मिलियन डलरले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह