2026-09-28 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङले ५ लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने

माघ २०, काठमाडौँ | हङकङ सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पाँच लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ। हङकङको पर्यटन व्यवसाय पुनरुत्थान र विदेशीलाई स्वागत गर्ने योजनाअन्तर्गत पाँच लाख निःशुल्क हवाई टिकटको व्यवस्था गर्न लागेको हो।

विदेशी पाहुनाको स्वागतका लागि ‘हेलो हङकङ’ नामक पर्यटन अभियानअन्तर्गत दुई वर्षको अवधिमा पाँच लाख निःशुल्क टिकट बाँडिने सरकारले जनाएको छ।

कसरी लिने निःशुल्क टिकट?

हङकङ जाने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। यसका लागि वर्ल्ड अफ वीनर्स टिकट अभियानको पेजमा गएर ‘फ्लाइट टिकट लट्री’मा आफ्नो नाम राख्न सकिनेछ। यो सुविधा दक्षिणपूर्वी एशियाली मुलुक नागरिकले मार्च १, केन्द्र सरकार चीनबाट अप्रिल १ र मे १ तारिखदेखि विश्वभरका मानिसका लागि खुला हुनेछ।

यसरी हङकङ जान र आउन निःशुल्क टिकट पाइनेछ। टिकटमध्ये ६५ प्रतिशत विभिन्न एयरलाइन्स र उनीहरूका एजेन्टहरूले छनोट गर्नेछन्। अरू जानकारी हङकङ उडान हुने विभिन्न एयरलाइन्सहरूबाट पनि थाहा पाउन सकिनेछ।

विश्वको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हङकङको पर्यटन व्यवसाय कोभिड १९ का कारण सुस्त बनेको छ। चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि हङकङमा सन् २०२० को जनवरीदेखि नै भेला हुने सबै कार्यक्रम बन्द गरिएका कारण पर्यटनले गति लिन नसकेको सीएनएनले उल्लेख गरेको छ।

कोरोनाकै कारण हङकङ आउजाउ महँगो पर्दै आएको थियो। विशेषगरी क्वारेन्टिनका कडा नियम, २१ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने, धेरै पटक पीसीआर परीक्षण गर्नुपर्नेजस्ता नियमका कारण पर्यटनमा प्रत्यक्ष असर पुगेको थियो। तर, यी अधिकांश नियम सन् २०२२ को सेप्टेम्बरबाट हटाइएको छ।

जनजीवन सहज बनेका बेला पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो। कोभिडअघि हङकङले एक वर्ष ५ करोड ६० लाख जनासम्म पर्यटकलाई स्वागत गरेको तथ्यांक छ। तर, यो संख्या सन् २०२२ मा १ लाखमा झरेको थियो। यति मात्र होइन विश्वकै महत्त्वपूर्ण वित्तीय ‘हब’ मानिने हङकङको जनसंख्या पनि सन् १९६१ यताकै तीव्र गतिमा घटेको छ। त्यहाँको जनसंख्या १.६ प्रतिशतले घटेको सरकारको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह