2026-09-28 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलुन प्रकरणः चीनलाई बदनाम गर्ने बहाना’

माघ २१, बेइजिङ | बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल भएको बताएका छन् । 

अमेरिकी सञ्चारमाध्यममा विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै विदेशमन्त्रीको योजनाबद्ध चीन भ्रमण चिनियाँ बेलुनका कारण स्थगन भएको जनाइएको छ । अमेरिकालगायत पश्चिमा मुलुकका सञ्चारमाध्यमले ‘अमेरिकाको जासुसी गर्न चीनले बेलुन अमेरिकी आकाशमा पठाएको’ समाचार शुक्रबार प्रकाशन–प्रसारण गरेका थिए । 

वायुको वेग र बहावका कारण अनपेक्षितरूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई जानकारी गराएको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । मौसम विज्ञानसम्बन्धी सूचना सङ्कलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको उनले स्पष्ट गरेका छन् । 

चीनले सधैँ अन्तर्राष्ट्रिय कानुनको अक्षरसःपालना गरेको, कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सधैँ सम्मान गरेको, कुनै पनि देशको भू–भाग वा हवाई क्षेत्रको उल्लङ्घन नगरेको र उल्लङ्घन गर्ने कुनै नियत नभएको विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरेका छन् । 

“संयुक्त राज्य अमेरिकाका केही राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनलाई बदनाम गर्न यसलाई प्रचार गरेका छन्, चिनियाँ पक्ष यसको विरोध गर्दछ,” सबै तहमा सम्पर्क र समन्वय कायम गर्ने चीन र अमेरिकी राष्ट्रपतिबीच  पछिल्लोपटक बालीमा भएको सहमति स्मरण गराउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । दुवै पक्षले पारस्परिक सम्बन्धलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले केही अप्रत्याशित परिस्थितिलाई ठण्डा र विवेकपूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

बेइजिङ र वासिङटनले अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणबारे औपचारिक घोषणा नै नगरेको परिप्रेक्ष्यमा अमेरिकाले गरेको पछिल्लो घोषणा अमेरिकामा निर्भर रहेको र त्यसलाई चीनले सम्मान गर्ने विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह