2026-10-24 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलुन प्रकरणः चीनलाई बदनाम गर्ने बहाना’

माघ २१, बेइजिङ | बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल भएको बताएका छन् । 

अमेरिकी सञ्चारमाध्यममा विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै विदेशमन्त्रीको योजनाबद्ध चीन भ्रमण चिनियाँ बेलुनका कारण स्थगन भएको जनाइएको छ । अमेरिकालगायत पश्चिमा मुलुकका सञ्चारमाध्यमले ‘अमेरिकाको जासुसी गर्न चीनले बेलुन अमेरिकी आकाशमा पठाएको’ समाचार शुक्रबार प्रकाशन–प्रसारण गरेका थिए । 

वायुको वेग र बहावका कारण अनपेक्षितरूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई जानकारी गराएको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । मौसम विज्ञानसम्बन्धी सूचना सङ्कलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको उनले स्पष्ट गरेका छन् । 

चीनले सधैँ अन्तर्राष्ट्रिय कानुनको अक्षरसःपालना गरेको, कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सधैँ सम्मान गरेको, कुनै पनि देशको भू–भाग वा हवाई क्षेत्रको उल्लङ्घन नगरेको र उल्लङ्घन गर्ने कुनै नियत नभएको विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरेका छन् । 

“संयुक्त राज्य अमेरिकाका केही राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनलाई बदनाम गर्न यसलाई प्रचार गरेका छन्, चिनियाँ पक्ष यसको विरोध गर्दछ,” सबै तहमा सम्पर्क र समन्वय कायम गर्ने चीन र अमेरिकी राष्ट्रपतिबीच  पछिल्लोपटक बालीमा भएको सहमति स्मरण गराउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । दुवै पक्षले पारस्परिक सम्बन्धलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले केही अप्रत्याशित परिस्थितिलाई ठण्डा र विवेकपूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

बेइजिङ र वासिङटनले अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणबारे औपचारिक घोषणा नै नगरेको परिप्रेक्ष्यमा अमेरिकाले गरेको पछिल्लो घोषणा अमेरिकामा निर्भर रहेको र त्यसलाई चीनले सम्मान गर्ने विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने