असोज ९, काठमाडौं | आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, काठमाडौं | आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन "/>
2026-06-20 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च हुनै सकेन

असोज ९, काठमाडौं | आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनामा परेर पनि पश्चिम सेती आयोजनालाई भने लगानीसम्बन्धी विवादका कारण बजेट विनियोजन गरिएको थिएन। अर्थ मन्त्रालयले प्रस्तुत गरेको आयोजनाको वार्षिक प्रगति विवरणमा यस्तो देखिएको खबर छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट तोकिएको अवधिमा एक रुपैयाँ पनि खर्च हुन सकेन। सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

५० प्रतिशत नपुर्‍याउने  तीन आयोजना

बुढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग र पूर्वपश्चिम रेलमार्ग आयोजनाले बिनियोजन गरेको बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैनन् । यी आयोजनाले क्रमशः ५ दशमलव ०६, ३० र ४१ दशमलव ७५ प्रतिशत मात्र खर्च गरेका छन् ।

 ६ आयोजनाको प्रगति राम्रो

राष्ट्रिय गौरवमा परेकामध्ये ६ वटा आयोजनाले भने खर्च गर्न सफल भएका छन् । केही आयोजनाले तोकिएको बजेटभन्दा धेरै खर्चसमेत गरेको प्रगति विवरणमा उल्लेख छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विनियोजन गरिएको दुई अर्बमध्ये यो वर्ष शतप्रतिशत खर्च गरेको छ । उत्तर दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी र उत्तर–दक्षिण लोकमार्ग कोसी कोरिडोरले समग्रमा एक सय ४८ प्रतिशत प्रगति गरेका छन् ।

छुट्याइएको ८७ करोड रुपैयाँ थियो भने आयोजना व्यवस्थापनले एक अर्ब ३० करोड खर्च गरेको छ । त्यस्तै, मध्यपहाडी लोकमार्ग आयोजनाले तीन अर्ब ६१ करोड रुपैयाँ खर्च गरेको छ । यस आयोजनाका लागि १ अर्ब ९५ करोड रुपैयाँ बिनियोजन गरिएको थियो । यीबाहेक बबई सिँचाइ आयोजनाले पनि एक सय ३८ प्रतिशत प्रगति गर्न सफल भएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट अभाव हुन नदिने नीति लिएको छ । यसकारण काम गर्ने अवधि र काम बाँकी रहेमा आयोजनालाई आर्थिक वर्षका लागि छुट्याइएको बजेटभन्दा बढी खर्च गर्न सकिन्छ । ‘यसै नीतिअनुसार खर्च गरिएको हो’ उत्तर दक्षिण लोकमार्ग आयोजनासम्बन्धी कार्यक्रममा प्रमुख गोपाल सिग्देलले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ