2026-10-17 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले

2026-06-19

काठमाडौँ | अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए।

उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर भएको प्रकरणको केन्द्रमा क्यापिटल मार्केट,इन्स्योरेन्स र सेक्युरिटीज क्षेत्र रहेको उल्लेख गर्दै विगतदेखि भित्रभित्रै विकृत बनेको अवस्थालाई सरकारले कानुनी दायरामा ल्याउने काम गरिरहेको बताए।

‘पुँजी बजारमा ठूलो विचलन आएको कुरा सबैलाई थाहा छ। एक खर्बभन्दा बढी बिगो मागेर मुद्दा चलिरहेको छ। यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट, इन्स्योरेन्स स्टक र सेक्युरिटीज थिए। देशै हल्लाउने खालको विचलन भयो। भित्रभित्रै मक्किसकेको अवस्थालाई हामी ट्र्याकमा ल्याउँदैछौं,’उनले भने। अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा आफू पनि अनुसन्धानमा पर्न सकिन्छ भन्ने डर केही लगानीकर्तामा देखिएको हुन सक्ने उनको भनाइ छ। अर्थमन्त्री वाग्लेले सरकारले इमान्दारपूर्वक व्यवसाय गर्ने,राज्यलाई नियमित कर तिर्ने र उत्पादन तथा उद्योगमा लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले बजेट ल्याएको जिकिर गरे।

उनले सरकारको ध्यान अल्पकालीन बजार उतारचढावभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको स्पष्ट पारे। उनले भने,’हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं। हामी युगौंसम्म प्रभाव पार्ने दूरगामी नीतिमा काम गरिरहेका छौं।’ उनले सरकारले सुशासन,पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई दिगो रूपमा मजबुत बनाउने नीति अवलम्बन गरेको पनि औंल्याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु