असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहाल"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले हडपे महानिरीक्षकको गाडी

२०७३, ११ आश्विन मंगलवार ०२:३३

असोज ११, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन्। दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका छन् ।

यो अमेरिकी दूतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि नि:शुल्क उपहारमा दिएको गाडी हो। त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए। प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन्।

महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए। ओलीले आफू प्रधानमन्त्री हुनासाथ महानिरीक्षक अर्यालको फुल बुलेट प्रुफ गाडी हडपेर चढेका थिए। ओलीले सुरुमा अर्यालसित एक साताका लागि भनेर उक्त गाडी मागेको, तर आफ्नो कार्यकालभर फिर्ता नगरेको जानकारी स्रोतले दियो ।

ओलीले राजीनामा दिनासाथ उक्त गाडी प्रहरी प्रधान कार्यालयमै फिर्ता भई पुन: अर्यालले चढ्न थालेका थिए। दाहालले पदबहाली हुनासाथ उक्त गाडी मगाएर पुन: चढ्न थालेका हुन्।

‘ओलीले कुन गाडी चढेका थिए, त्यो कहाँ छ भनेर प्रधानमन्त्रीज्यूले सोध्नुभयो, हामीले महानिरीक्षक अर्यालको गाडी चढ्नु हुन्थ्यो, ओलीले राजीनामा दिनासाथ प्रहरी प्रधान कार्यालयमा फिर्ता गएको छ भनेर जानकारी दियौं,’ मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूले त्यही गाडी मगाउनोस् भन्नुभयो, हामीले मगाइदियौं, अहिले त्यही गाडी चढिरहनुभएको छ ।’ – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से