असोज ११, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित ग¥यो । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित ग¥यो । <"/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल क्रिकेटमा जगदम्बा विजयी

२०७३, ११ आश्विन मंगलवार ११:५८

असोज ११, काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित ग¥यो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जगदम्बाले गोर्खाजलाई ११ रनले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२४ रनको योगफल तयार ग¥यो । 

एक सय २५ रनको विजय लक्ष्य पच्छाएको कान्तिपुर भने पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा ११३ रनमा सीमित रहन पुग्यो । 

जगदम्बाको जितमा सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान दिए । तीस बल खेलेका सोमपालले चार छक्काको सहायोगमा ४४ रन जोडेका हुन् । त्यस्तै, सुबेन्दु पाण्डेले २१, हसिम अन्सारीले १८ तथा अमित श्रेष्ठले १६ रन जोडे । 

यसैगरी, कान्तिपुरका ब्याट्सम्यान सन्दीप झोराले ४२ र अनिल शाहले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । कान्तिपुरलाई ११३ रनमा समेट्ने क्रममा जगदम्बाका शक्ति गौचन, पवन सर्राफ तथा प्रेम तामाङले समान दुई÷दुई विकेट लिए भने साह अलाम र सोमपाल कामीले समान एक–एक विकेट लिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो