असोज १२, काठमाडौं | जनयुद्वताका अरुको घर र पसलमा जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराविना रात बिताउन नसक्ने हालतमा पुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, काठमाडौं | जनयुद्वताका अरुको घर र पसलमा जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराविना रात बिताउन नसक्ने हालतमा पुग"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीभित्र मध्यराति महाभारत

१२ आश्विन २०७३, बुधबार ०४:०४

असोज १२, काठमाडौं | जनयुद्वताका अरुको घर र पसलमा जाँडका घ्याम्पा फुटाउने र मापसे गर्नेलाई बाँधेर लडाउने कमरेडहरु अचेल आफैं मदिराविना रात बिताउन नसक्ने हालतमा पुगेका छन् ।

चपक्क पिएर थपक्क निदाए त हुँथ्यो तर नशाको रन्कोमा आफ्नै सहकर्मी भर्कुन तम्सिएपछि भने कस्ता–कस्ता मै हुँ भन्ने कम्युनिष्टको समेत खुट्टी देखेर पत्याउनुपर्ने स्थिति सिर्जना भएको हो ।

कामरेडका विद्रोही कुराले दुनियाँ थर्कमान त छन्, तर सेन्तेरेम लाएपछि मध्यराति आफ्नै साथी थर्काउन थाल्दा विप्लव माओवादीभित्र महाभारत मच्चिएको छ ।

पोखरास्थित होटल मुनुको कोठा नं. १०१ मा भदौ ३० गते विप्लव अदिलका नेता बसेको कोठामा चलेको काण्ड हो यो ।

राति ११:४० बजे अखिलका केन्द्रीय सदस्य पुष्प न्यौपाने मदिराले मत्थु भएर अर्काको कोठा ताक्न तम्सिए ।

पुष्प बसेको कोठा नं. थियो ३०४ । तर, १०१ पुगेर ढोकामा लात्ति बजारे । त्यो कोठामा काठमाडौं/पोखरा विश्वविद्यालय क्षेत्री समन्वय समितिलको संयोजक भरत बल्ल र सचिव हरिश भट्ट बसेका थिए ।

पुष्पले आफूभन्दा माथिल्लो स्तरका नेतामाथि गाली बर्साए । उनीहरुले नसुनेजस्तो गरेपछि झण्डै दर्जन लात्ती ढोकामा बजारे । – जनआस्था साप्ताहिक

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली