असोज १३, काठमाडौं | अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौं | अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाए"/>
2026-06-20 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकै आन्तरिक उडानमा पनि अब सामसुंग नोट सेभेन बोक्न नपाइने

असोज १३, काठमाडौं | अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएका छन्।

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बुधबार सूचना जारी गरी आफ्ना हवाई यात्रुलाई सामसुङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएको जानकारी गराएको छ। यतीले सार्वजनिक सूचना जारी गर्दै अबदेखि आन्तरिक उडानमा सञ्चालित आफ्ना सबै विमानमा यात्रा गर्ने यात्रुहरूका लागि सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल फोन साथमा बोक्न एवं चलाउन प्रतिबन्ध लगाएको हो। 

अमेरिका र युरोपलगायत अन्तर्राष्ट्रिय उडानमा केही महिनाअघि देखि विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल बोक्न लगाइएको प्रतिबन्धपछि अहिले यहाँको स्वदेशी निजी वायुसेवा कम्पनी यतीले पनि सामसुङको सो मोबाइल फोनबाट विमानमा आगलागी हुन सक्ने त्रास बढेको भन्दै हवाई सुरक्षाका लागि यस्तो निर्णय गरेको जनाएको छ । यतीले अहिले आफ्ना विमानमा चढेदेखि विमान स्थलभित्रको धावन मार्गबाहिर नआएसम्म अनिवार्य रूपमा मोबाइल स्विच अफ गरी हाते झोलामा बोक्न अनुरोध गरेको छ ।

यात्रुले आफ्नो लगेजमा समेत यो मोबाइल बोक्न नपाउने सो कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी, अब यात्रुले आफ्नो साथमा भएको यस्तो मोबाइल फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी गराएको छ । यतीले हवाई यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निर्णय भई जारी गरिएको बताएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उनीहरूका विमानमा सामसुङको सो मोबाइल पड्किने समस्याका कारण उडानका बेला विमानभित्र बोक्न प्रतिबन्ध लगाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि केही समयअघि सो विषयमा व्यापक छलफल गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले अन्तर्राष्ट्रिय वायुसेवाले पनि प्रतिबन्ध गरेको अवस्थामा अहिले यहाँका आन्तरिक वायुसेवा कम्पनीले प्रतिबन्ध लगाउनु हवाई उडान सुरक्षा सचेतनाको दृष्टिले राम्रो नै भएको बताए । उनले अहिलेको अवस्थामा यो कुनै नयाँ र अनौठो कुरा नभएको धारणा राखे । वायुसेवा प्रदायक हरेक विमान कम्पनीहरूले हवाई उडानमा रहेका यात्रुका साथसाथै आफ्नो विमानको पनि उत्तिकै सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने प्रावधान रहेको जानकारी गराउँदै केसीले भने, ‘अब छिटै यहाँका अन्य वायुसेवा कम्पनीले पनि यस्तै प्रतिबन्ध लगाउँदै जानेछन् ।’ यसले नेपाली हवाई आकाशलाई थप सुरक्षित र मजबुत बनाउने उनको भनाइ छ ।

पछिल्लो समय सामसुङ ग्यालेक्सी नोट–७ को ब्याट्रीमा समस्या देखिएको छ । सोही कारण विभिन्न देशमा ब्याट्री पड्किएको घटना सार्वजनिक भएका छन् । अहिले सामसुङ मोबाइल उत्पादक कम्पनीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको ग्यालेक्सी नोट–७ फिर्ता लिने घोषणा गरिसकेको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ