१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमती प्रदेशसभा सचिवालय अगाडी धादिङका बाँदर पीडितहरु

१३ असार २०८०, बुधबार ११:४५

असार १३, काठमाडौँ | धादिङका बाँदर पीडित किसानहरूले बागमती प्रदेशसभा सचिवालय अगाडी प्रदर्शन गरेका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृह जिल्लासमेत रहेका धादिङका किसानहरूले बाँदर नियन्त्रण गर्न माग गर्दै प्रदेशसभा सचिवालय भवन अगाडि नारबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदेशसभा सचिवालय अघिल्तिर बुधवार दिउँसो बाँदरको आक्रमणको समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायत करिब ७०/८० जनाको समूहमा उपस्थित भएका किसानले बाँदरको समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले केहीबेर सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ‘बाँदर आतङ्क बन्द गर’, ‘प्रदेश सरकार कहाँ छ ? बाँदरपीडित यहीँ छ’ लगायत नारा लगाएका थिए ।


प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरूलाई छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा बाँदर पीडित किसानहरूले सरकारले बाँदर नियन्त्रणका उपयुक्त कार्यक्रम ल्याउन माग गरेका थिए । उनीहरुले बाँदर नियन्त्रणमा सरकारले नसघाउने हो भने वैकल्पिक उपायको रूपमा गाँजा खेती गर्न किसानहरू बाध्य हुने बताएका थिए । बाँदरले जनजीवनमा समस्या पार्दासमेत सरकार गम्भीर नबनेको दुखेसो गरेका थिए । सरकारले अन्तर्राष्ट्रिय कानुन देखाएर सो क्षेत्रको किसानहरूको प्रमुख समस्याको रूपमा रहेको बाँदर आतङ्क नियन्त्रण नगरेको बताए ।

किसानसँगको छलफलका क्रममा मुख्यमन्त्री जम्कट्टेलले सरकार किसानहरूको समस्या समाधानमा गम्भीर भएर लागेको बताए । सरकारको समेत बाध्यताहरू रहेकाले सबै क्षेत्रमा पर्याप्त मात्रमा कार्यक्रमहरू पुर्याउन नसकिएको र क्रमिक रूपमा किसानहरूको सबै समस्या समाधानमा प्रदेश सरकारले उपयुक्त कार्यक्रमहरू ल्याएर कार्यान्वयन गर्ने बताए । धादिङका किसानहरुको बाँदर नियन्त्रणको समस्या समाधानमा पनि सरकारले आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याउने उनको भनाई छ ।/politics/104548

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह