२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमती प्रदेशसभा सचिवालय अगाडी धादिङका बाँदर पीडितहरु

२०८०, १३ असार बुधबार ११:४५

असार १३, काठमाडौँ | धादिङका बाँदर पीडित किसानहरूले बागमती प्रदेशसभा सचिवालय अगाडी प्रदर्शन गरेका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृह जिल्लासमेत रहेका धादिङका किसानहरूले बाँदर नियन्त्रण गर्न माग गर्दै प्रदेशसभा सचिवालय भवन अगाडि नारबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदेशसभा सचिवालय अघिल्तिर बुधवार दिउँसो बाँदरको आक्रमणको समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायत करिब ७०/८० जनाको समूहमा उपस्थित भएका किसानले बाँदरको समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले केहीबेर सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ‘बाँदर आतङ्क बन्द गर’, ‘प्रदेश सरकार कहाँ छ ? बाँदरपीडित यहीँ छ’ लगायत नारा लगाएका थिए ।


प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरूलाई छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा बाँदर पीडित किसानहरूले सरकारले बाँदर नियन्त्रणका उपयुक्त कार्यक्रम ल्याउन माग गरेका थिए । उनीहरुले बाँदर नियन्त्रणमा सरकारले नसघाउने हो भने वैकल्पिक उपायको रूपमा गाँजा खेती गर्न किसानहरू बाध्य हुने बताएका थिए । बाँदरले जनजीवनमा समस्या पार्दासमेत सरकार गम्भीर नबनेको दुखेसो गरेका थिए । सरकारले अन्तर्राष्ट्रिय कानुन देखाएर सो क्षेत्रको किसानहरूको प्रमुख समस्याको रूपमा रहेको बाँदर आतङ्क नियन्त्रण नगरेको बताए ।

किसानसँगको छलफलका क्रममा मुख्यमन्त्री जम्कट्टेलले सरकार किसानहरूको समस्या समाधानमा गम्भीर भएर लागेको बताए । सरकारको समेत बाध्यताहरू रहेकाले सबै क्षेत्रमा पर्याप्त मात्रमा कार्यक्रमहरू पुर्याउन नसकिएको र क्रमिक रूपमा किसानहरूको सबै समस्या समाधानमा प्रदेश सरकारले उपयुक्त कार्यक्रमहरू ल्याएर कार्यान्वयन गर्ने बताए । धादिङका किसानहरुको बाँदर नियन्त्रणको समस्या समाधानमा पनि सरकारले आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याउने उनको भनाई छ ।/politics/104548

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन