पढ्न करिब 1 मिनेट लाग्छ

साउन २, काठमाडौँ । पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एप्पलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे ।

तस्बिर : एजेन्सी

याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई सन् २००७ जुन २९ मा सार्वजनिक गरिएको थियाे । याे आईफाेन ४ र ८ जीबीसम्मकाे स्टाेरेज क्षमताका साथ सार्वजनिक गरिएकाे थियाे ।

एप्पलइनसाइडर अनुसार एलएसजी लिलामीकाे २०२३ ग्रीष्मकालीन प्रिमियम लिलामीकाे दाेस्राे चरणमा याे आईफाेन प्रदर्शनमा राखिएकाे थियाे, याे प्रदर्शनी जुन ३० देखि जुलाई १६ सम्म चलेकाे थियाे । याे आईफाेनका लागि २८ जनाले बाेली लगाएका थिए ।