२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ

२०८०, ११ श्रावण बिहीबार १०:५८

एजेन्सी | भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ – चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ । उनले ती क्यामेरामार्फत युवतीहरू, कोही प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको स्कर्ट मुनीको भिडियो खिच्ने गर्दथे । 

उनको ट्रक मुनि क्यामेरा भेटिएपछि प्रहरीले उनको घरमा छापा मार्‍यो र सयौँ भोयुरिस्टिक भिडियो समावेश भएको ३० भन्दा बढी हार्ड ड्राइभ फेला पारे । ती अधबैँसेले आरोप अस्वीकार गरेपछि अधिकारीले पीडितको सङ्ख्या हजारभन्दा भएको आशङ्का गरेका छन् । 

गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा क्योटोका सातोसी निसिमुराले क्योटो र उजी सहरका थुप्रै युवतीको भिडियो अनैतिक तरिकाले खिचेको पाइयो । उनका एक जना महिला सहयोगीले यस्तै खालको एउटा भिडियो देखेपछि अधिकारीलाई यसबारे उजुरी दिएकी थिइन् । निशिमुराले आरोप अस्वीकार गरे । 

तर उनले डेलिभरी ट्रकमा चारवटा क्यामेरा जडान गर्नुको चित्तबुझ्दो कारण भने खुलाउन सकेनन् । ट्रकको बम्पर र अगाडिको टायर नजिकै क्यामेरा राखिएका थिए, सबै माथितिर फर्किएका थिए । प्रहरीका अनुसार गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा उनले प्राथमिक विद्यालयका छात्रा र प्लस टुका छात्रा गरी आठ जनाको भिडियो खिचेको पत्ता लगाए । तर उनको घरमा भेटिएको प्रमाणले यसमा उनको संलग्नता निकै अघिदेखि थियो भनेर दर्साउँछ । प्रहरीले यसमा उनी पछिल्लो ११ वर्षदेखि संलग्न भएको अनुमान गरेको छ । 

ती ड्राइभरका महिला सहयोगीले यसबारे उजुरी दिएपछि प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो । ती ड्राइभरले क्योटो र युजी सहरमा विभिन्न विद्यालय भएका साँघुरा सडकमा ट्रकलाई निकै ढिलो गरी चलाउँथे । जुन असाधारण थियो । त्यसपछि प्रहरीले उनको ट्रक अनुसन्धान गर्दा चारवटा क्यामेरा पाए । ती क्यामेरा डाइहात्सु हिजेतको ड्यासबोर्डको सेन्ट्रल रेकर्डिङमा जडान थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै