२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

ठुलो आवाजमा डकारेर विश्व कीर्तिमान

२०८०, २२ श्रावण सोमबार ०९:२५

एजेन्सी | विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् । 

हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् ।

यसअघि महिलातर्फको कीर्तिमान इटालीकी एलिसा काग्नोनीको नाममा थियो । उनले सन् २००९ मा १०७ डेसिबलमा डकारेकी थिइन् । यो रेकर्ड हालै किम्बर्ली ‘किमीकोला’ विन्टरले तोडेकी छिन् । उनी अमेरिकाको मेरिल्यान्डकी बासिन्दा हुन् । उनले हालै आईहार्टरेडियोको ‘डेड रुम’ मा पुगेर यति ठुलो स्वरमा पेटको वायु घाँटीबाट निकालिन् कि उनले ०.३ डेसिबलले काग्नोनीको कीर्तिमान तोडिन् । रेकर्ड राख्नका लागि आफूलाई तयार पार्न  उनले सबैभन्दा पहिला ब्रेकफास्ट खाइन्, त्यसपछि कफी पिइन् र बियर पनि । यो सम्मिश्रणले १४ वर्ष पुरानो रेकर्ड तोड्न सफल भयो ।

अडिटी सेन्ट्रलका अनुसार किम्बर्लीले गिनिज बुक अफ वर्ल्ड रेकर्डसँगको कुराकानीमा आफूले सानै बेलादेखि ठुलो स्वरमा डकार्ने गरेको बताइन् । उनले भनिन्, ‘मैले सानै बेलादेखि ठुलो स्वरमा डकारेर परिवारलाई आतंकित पार्थेँ । तर अहिले धेरै वर्ष भइसक्यो, उहाँहरूलाई यसको बानी पर्‍यो तरपनि उहाँहरूले कहिलेकाहीँ सानो स्वरले डकार्न भन्नुहुन्छ । ’

किम्बर्लीका अनुसार उनकी बहिनी पनि ठुलो स्वरमा डकार्छिन् । यो सफल प्रयास अघि किमीकोलाले ठुलो स्वरमा डकार कसरी निस्कन्छ भनेर विभिन्न खाना र पेय पदार्थको परीक्षण गरिन् । मसालेदार खान, सोडा र मदिराले निकै उत्कृष्ट काम गर्ने उनी बताउँछिन् । तर विश्व कीर्तिमान धारी उनले कहिलेकाहीँ थोरै पानीले पनि चमत्कारको रूपमा काम गर्ने बताइन् ।

मेरिल्यान्डकी बासिन्दा उनले भनिन्, ‘एकदिन मलाई ठुलो स्वरमा डकारेको भन्दै एउटा बारबाट निकालिएको थियो । त्यसपछि मलाई थाहा भयो कि डकार्दा मेरो आवाज धेरै ठुलो आउँछ । ’

उनले आफ्नो अचम्मको क्षमताले साथीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएकी छिन् । टिकटकमा किमीकोला नाम भएकी उनको हजारौँ फलोअर्स छन् ।

दुई वर्ष अघि अस्ट्रेलियाका एक पुरुषले ११२.७ डेसिबलमा डकारेर १० वर्ष लामो गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोड्न सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह