2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

ठुलो आवाजमा डकारेर विश्व कीर्तिमान

एजेन्सी | विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् । 

हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् ।

यसअघि महिलातर्फको कीर्तिमान इटालीकी एलिसा काग्नोनीको नाममा थियो । उनले सन् २००९ मा १०७ डेसिबलमा डकारेकी थिइन् । यो रेकर्ड हालै किम्बर्ली ‘किमीकोला’ विन्टरले तोडेकी छिन् । उनी अमेरिकाको मेरिल्यान्डकी बासिन्दा हुन् । उनले हालै आईहार्टरेडियोको ‘डेड रुम’ मा पुगेर यति ठुलो स्वरमा पेटको वायु घाँटीबाट निकालिन् कि उनले ०.३ डेसिबलले काग्नोनीको कीर्तिमान तोडिन् । रेकर्ड राख्नका लागि आफूलाई तयार पार्न  उनले सबैभन्दा पहिला ब्रेकफास्ट खाइन्, त्यसपछि कफी पिइन् र बियर पनि । यो सम्मिश्रणले १४ वर्ष पुरानो रेकर्ड तोड्न सफल भयो ।

अडिटी सेन्ट्रलका अनुसार किम्बर्लीले गिनिज बुक अफ वर्ल्ड रेकर्डसँगको कुराकानीमा आफूले सानै बेलादेखि ठुलो स्वरमा डकार्ने गरेको बताइन् । उनले भनिन्, ‘मैले सानै बेलादेखि ठुलो स्वरमा डकारेर परिवारलाई आतंकित पार्थेँ । तर अहिले धेरै वर्ष भइसक्यो, उहाँहरूलाई यसको बानी पर्‍यो तरपनि उहाँहरूले कहिलेकाहीँ सानो स्वरले डकार्न भन्नुहुन्छ । ’

किम्बर्लीका अनुसार उनकी बहिनी पनि ठुलो स्वरमा डकार्छिन् । यो सफल प्रयास अघि किमीकोलाले ठुलो स्वरमा डकार कसरी निस्कन्छ भनेर विभिन्न खाना र पेय पदार्थको परीक्षण गरिन् । मसालेदार खान, सोडा र मदिराले निकै उत्कृष्ट काम गर्ने उनी बताउँछिन् । तर विश्व कीर्तिमान धारी उनले कहिलेकाहीँ थोरै पानीले पनि चमत्कारको रूपमा काम गर्ने बताइन् ।

मेरिल्यान्डकी बासिन्दा उनले भनिन्, ‘एकदिन मलाई ठुलो स्वरमा डकारेको भन्दै एउटा बारबाट निकालिएको थियो । त्यसपछि मलाई थाहा भयो कि डकार्दा मेरो आवाज धेरै ठुलो आउँछ । ’

उनले आफ्नो अचम्मको क्षमताले साथीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएकी छिन् । टिकटकमा किमीकोला नाम भएकी उनको हजारौँ फलोअर्स छन् ।

दुई वर्ष अघि अस्ट्रेलियाका एक पुरुषले ११२.७ डेसिबलमा डकारेर १० वर्ष लामो गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोड्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने