2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

रक्सी माग्दै महिला यात्रुले लफडा गरेपछि जहाजको आकस्मिक अवतरण

साउन २२, एजेन्सी | एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले जहाज नै डाइभर्ट गरी आकस्मिक अवतरण गराउनुपर्‍यो ।

यो घटना अमेरिकामा भएको हो । अमेरिकाको हस्टनबाट लस एन्जल्सका लागि उडेको युनाइटेड एयरलाइन्सको विमान आकाशमै रहेको बेला एक महिला यात्रु र विमान कर्मचारीबीच झगडा परेको थियो । ती महिला यात्रुले पिउनका लागि वाइन दिन माग गरिरहेकी थिइन् जबकि विमान कर्मचारीले उनलाई आफ्नो सिटमा बस्न अह्राइरहेका थिए । सोही कुरामा उनीहरुबीच विवाद भयो।

ती महिलाको विमान कर्मचारीहरुसँगको विवादले उग्र रुप लिएपछि पाइलटले सो विमानलाई बीचबाटै डाइभर्ट गर्न बाध्य भए । विमानलाई फिनिक्स सहरमा लगेर अवतरण गराए ।

उक्त घटनाको विषयमा युनाइटेड एयरलाइन्सले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘जुलाई २५ मा महिला यात्रुले ह्युस्टनबाट उडान भरेकी थिइन् । उनले विमान कर्मचारीको निर्देशनको पालना गर्न अस्वीकार गरिन् । जसका कारण विमानमा विषम परिस्थिति उत्पन्न भयो । हातपात नै भएपछि लस एन्जल्स जानुपर्ने विमान फिनिक्सतर्फ मोड्नु परेको थियो ।’

सोसल मिडियामा समेत सो घटनाको भिडियो सार्वजनिक भएको छ, ‘जसमा ती महिला यात्रु र विमान कर्मचारीबीच विवाद भैरहेको देखिन्छ । विमान कर्मचारीले उनलाई पटकपटक सिटमा बस्न चेतावनी दिन्छन् तर उनी मानिरहेकी छैनिन् । त्यसैक्रममा केही यात्रुहरुले ती महिलालाई शान्त गराउने कोसिस गर्दछन्, तर उनी अरु यात्रुसँग नै भिड्छिन् ।

ती महिलाले जहाज चढ्नुअघि नै मादक पदार्थ सेवन गरेको एकजना यात्रुले बताएका छन् । जहाज अवतरण भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विमान चढ्न अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने