१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

‘स्पाइडर म्यान’ बन्न बालकले खतरनाक माकुरालाई टोक्न लगाएपछि…

२३ श्रावण २०८०, मंगलवार १०:०६

एजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् । 

अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको हो । नाम नखुलाइएका ती बालकले आफ्नो घर नजिकैको खोलामा खेलिरहेका बेला ब्ल्याक विडो नामको माकुरा देखे । माकुराले टोके परिणाम के होला भन्ने अनुमान नगरीकनै उनले त्यो माकुरालाई समाते र हातमा राखे । माकुराले आफूलाई टोकोस् भनेर उनले यसो गरेका थिए । उनको इच्छा पूरा भयो । त्यसपछि उनी घर फर्किए । घर पुगेपछि उनको शरीर बेस्सरी दुख्न थाल्यो, मांसपेशी बाउँडिन थाले । सुरुमा ती बालकले माकुराले टोकेको कुरा भन्दै भनेनन् तर तीन घण्टासम्म लगातार पीडा भएपछि भने उनले आफूलाई माकुराले टोकेको बताए । 


आत्तिएकी आमाले उनलाई नजिकैको स्वास्थ्य संस्था लगिन् तर उनलाई ओरुरो सहरको अस्पताल जनरल सान जुआन डे डियोसमा रिफर गरियो । माकुराले टोकेको भन्ने जानकारी पाएपछि उक्त अस्पतालका बालरोग विशेषज्ञले ओरुरोको स्वास्थ्य सेवा विभागका जुनोटिक डिजिज प्रोग्रामका प्रमुख अर्नेस्ट भास्क्वेजलाई सम्पर्क गरे । बालकलाई कुन माकुराले टोक्यो भन्ने कुरा उनले अनुसन्धान गरे ।

‘ती बालकले जोखिमको वास्तै नगरी माकुरालाई उठाएर हत्केलाको पछाडि राखे,’ भास्क्वेज इएफई न्युज एजेन्सीलाई भने । ‘हामी सतर्क भयौँ किनभने बच्चाले जुन कारणले माकुरालाई टोक्न लगाएका थिए त्यो साधारण थियो – उनी स्पाइडर म्यान बन्न चाहन्थे ।’

ती बालकका आमाका अनुसार उनको छोरा स्पाइडर म्यानका ठुलो प्रशंसक थिए । तर मार्भेल सुपर हिरोजस्तो बन्न उनले यति जोखिम मोल्छन् भनेर आफूले कहिल्यै नसोचेको उनकी आमाले बताइन् । भाग्यवश, टोक्ने माकुराको प्रजाति पत्ता लाग्यो र डाक्टरले उनलाई उचित एन्टी–भेनम दिए । त्यसपछि बालकको अवस्था ३० मिनेटपछि सामान्य भयो । 

‘शरीरको पछाडिको भागमा रातो रङ हुने यी काला माकुरालाई ब्ल्याक विडोज भनिन्छ । यसले कसैलाई पनि स्पाइडर म्यान बनाउँदैन । यसले त जीवन नै खतरामा पारिदिन्छ,’ भास्क्वेजले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने