असोज १६, बेइजिङ | भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, बेइजिङ | भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक न"/>
2026-06-20 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनले भारत भएर बग्ने ब्रम्हपुत्र नदीको प्रवाह रोक्यो

असोज १६, बेइजिङ | भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । 

भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रमा जलप्रवाह कम हुने आशंका गरिएको छ । यसअघि नै भारतले पाकिस्तानसँग सन्धि सम्झौता तोड्ने धम्की दिएपछि चीनले ब्रम्हपुत्र नदी रोकिदिने चेतावनी दिएको थियो ।

भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ भन्दै पाकिस्तानी क्षेत्रमा गोलाबारी गरी दुई सैनिकको हत्या गरेपछि चीनले ब्रम्हपुत्रको सहायक नदी रोकेको हो । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले परियोजनाका प्रशासनिक ब्युरो प्रमुख झांग युन्बोलाई उदृत गर्दै तिब्बको शिगाजेमा यारलुंग झांग्बो (ब्रम्हपुत्रको तिब्बती नाम) को सहायक नदी शियाबुकूमा निर्माणधीन लाल्हो परियोजना निर्माण गरिरहेको छ ।

चीन सरकारले ४.९५ अरब युआन (७४ करोड डलर) बराबरको लागतमा सो परियोजना निर्माण गरिरहेको छ । चीनको यो महंगो परियोजनाको निर्माण कार्य सन् २०१४ बाट सुरु भएको हो । यो परियोजना निर्धारित समयमा पूरा भएमा सन् २०१९ भित्र सम्पन्न हुनुपर्नेछ । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ