२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

२०८०, २२ भाद्र शुक्रबार ०७:२१

एजेन्सी | उसो त आम मानिसहरु कुनै पनि ठाउँमा जाने बाटो पत्ता  लगाउन वा कुनै ठाउँको अवस्थिति कस्तो रहेछ भन्ने थाहा पाउनका लागि गुगल म्यापको प्रयोग गर्दछन् । तर कहिलेकाहीँ गुगल म्यापमा खोज्दा यस्ता दृश्यहरु पनि देखिन्छन् जो हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ ।

हालै एकजना व्यक्तिले गुगल म्यापमा यस्तै भयंकर अनुभव संगालेका छन् । ती व्यक्तिले घरबाट निस्किँदा गुगल म्याप हेरे र त्यसमा यस्तो कुरा देखे कि उनको वैवाहिक जीवन नै टुंगियो ।

गुगल म्यापले प्रायः सम्बन्धित स्थानहरुका केही पुराना जुम इन फोटोहरु राखेको हुन्छ, जसलाई जोकोहीले हेर्न सक्दछ । ती व्यक्तिले गुगल म्यापको एउटा तस्वीरमा आफ्नी पत्नीलाई देखे । पत्नी जुन अवस्थामा तस्वीरमा देखिएकी थिइन् त्यो आपत्तिजनक थियो । जसका कारण उनले पत्नीसँग डिभोर्स गर्ने निष्कर्षमा पुगे ।


यो घटना पेरुको राजधानी लिमामा भएको हो । गुगल क्यामराले लिएको सो तस्वीर गुगल म्यापमा सबैले देख्ने गरी राखिएको थियो । सन् २०१३ मा खिचिएको आफ्नी पत्नीको सो तस्वीर हालै मात्र उनले देखे र पहिचान गरिहाले ।

वास्तवमा गुगल म्यापको सो तस्वीरमा उनकी पत्नी सडक किनाराको एउटा बेन्चमा कुनै परपुरुषसँग अन्तरंग पलहरु बिताइरहेको अवस्थामा थिइन् । उनले आफ्नो काखमा टाउको राखेर पल्टिएको एकजना पुरुषको टाउको सुमसुमाइरहेकी थिइन् ।

सो तस्वीर देखेपछि उनले १० वर्षदेखि पत्नी कुनै परपुरुषसँग सम्बन्धमा रहेर आफूलाई धोका दिइरहेको थाहा पाए । त्यसपछि पत्नीसँग कुराकानी गर्दा उनले पनि विवाहेत्तर सम्बन्ध स्वीकार गरिन् । अन्ततः उनले आफू अब सँगै बस्न नसक्ने भन्दै डिभोर्सको प्रस्ताव राखे । उनीहरुबीच सहमतिमै डिभोर्स भएको छ ।

ती व्यक्तिले हालै आफ्नो फेसबुकमा गुगल म्यापको उल्लेखित तस्वीर शेयर गरेका छन् जसका कारण उनकी पत्नीको हर्कतको खुलासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह