३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

जीवनसाथी खोज्नका लागि जब युवती प्लेकार्ड लिएर सडकमा उत्रिइन्…

२७ भाद्र २०८०, बुधबार ११:३२

एजेन्सी | जिन्दगीमा एकपटक यस्तो समय आउँछ जब हरेक मानिसलाई सुखदु:खमा साथ दिने जीवनसाथीको आवश्यकता महसुस हुन्छ ।

तर आफ्नो मन मिल्ने साथी भेटिनु सजिलो भने छैन र यसका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जति मिहिनेत गर्दा र समय पर्खिंदा पनि मिल्दो जोडी नपाएर खिन्न हुने मान्छेहरु बग्रेल्ती हुन्छन् । यस्तोमा कतिपय मानिसहरुले मिल्दो जोडी खोज्नका लागि विभिन्न इन्टरनेट साइट, सोसल मिडिया तथा डेटिङ एपहरुको समेत सहारा लिन्छन् । तर एक युवतीले भने जोडी खोज्नका लागि अनौठो उपाय अपनाएकी छिन् ।

पछिल्लो २ वर्षदेखि ब्वायफ्रेन्डविहीन रहेकी २९ वर्षीया सेलिब्रेटी युवती क्यारोलिना गेइट्सले लोग्नेको खोजी गर्दै सडकमा प्लेकार्ड लिएर उत्रिएकी छिन् ।

क्यारोलिनालाई पतिको चाहिएको थियो । त्यसैले उनले हातमा प्ले कार्ड बोकिन् र न्युयोर्कको ब्यस्त सडकमा निस्किइन् ।

उनले बोकेको प्लेकार्डमा Looking for a Husband अर्थात् एउटा पतिको खोजी भनेर लेखिएको थियो ।


५ फुट ९ इन्चको कद भएकी सुन्दरी त्यस्तो प्ले कार्ड बोकेर सहरमा घुमिरहेको देख्दा मानिसहरु अचम्ममा परे ।

स्थानीय सञ्चार माध्यमसँग बोल्दै उनले भनेकी छिन्, ‘मैले एउटा साइनबोर्ड बनाउने निर्णय गरें, जसमा पतिको खोजी लेखिएको होस् । त्यो प्लेकार्ड बोकेर सहरमा घुम्दा त्यसले काम गर्छ कि गर्दैन भन्ने मलाई हेर्नु थियो ।’

टिन्डर तथा हिन्ज जस्ता डेटिंग एपहरुमा गैरबफादार पुरुषहरुसँग महिनौं खेर फालेसँगै उनी आफ्नो असल जीवनसाथी खोज्नका लागि प्लेकार्ड बोकेर सडकमा उत्रिएकी हुन् ।

उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि यदि मैले आफूले चाहेको चिजका लागि वास्तविक संकेत दिन्छु भने भगवानले पनि त्यसलाई सुनेर पूरा गरिदिनेछन् ।’

३० मिनेटमै भेटिए पहिलो व्यक्ति !

सोमबार टिकटकमा शेयर गरिएको उक्त भाइरल भिडियो क्लिपमा क्यारोलिन एउटा चम्किलो टप्स तथा जिन्स पहिरिएर हातमा प्लेकार्ड बोकी सडकमा घुमिरहेको देखिन्छ ।

त्यसरी घुम्ने क्रममा उनले सडकमा हिँडिरहेकामध्ये एकजना युवकसँग फोन नम्बर साटासाट गरेको बताएकी छिन् ।

साथै त्यो युवकसँग केही दिनदेखि आफ्नो कुराकानी पनि भैरहेको उनले खुलासा गरेकी छिन् ।

सडकमा प्लेकार्ड लिएर घुमेको ३० मिनेटमै सो युवकसँग उनको भेट भएको थियो । यद्यपि उनले उक्त युवकको नाम खुलाएकी छैनिन् । उनी भन्छिन्, ‘अहिले हामीहरुले एक अर्कालाई बुझिरहेका छौं । सबैकुरा नयाँ छ । चिज कहाँसम्म जान्छ हामीले हेर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली