२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

विज्ञानको नयाँ अनुसन्धान : सुँगुरको मृगौला मानिसको शरीरमा दुई महिनासम्म चल्न सफल

२०८०, २९ भाद्र शुक्रबार १२:१४

एजेन्सी | विज्ञानको चरम विकाससँगै नयाँ-नयाँ आयामहरु संसारमा थपिने गर्छन् । जसमा कतिपय त अचम्मै लाग्दा घटना पनि हुन्छन् । गतवर्ष जनवरी ७ मा सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको थियो । यसपालि भने सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरी सामान्य अवस्थामा सिर्जना गर्न वैज्ञानिकहरुले सफलता हात पारेका छन् ।

वैज्ञानिकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेर मानिसको शरीरमा दुई महिनासम्म सामान्य क्रिया गराउने सफलता हात पारे । यसरी मानिसमा अन्य प्रजातिको अंगले काम गरेको सबैभन्दा लामो समय यही हो ।


गत जुलाईमा न्यूयोर्क युनिभर्सिटी ल्याङगोन हेल्थका अनुसन्धानकर्ताहरुले ब्रेन ट्यूमर र करिब ब्रेन डेथको अवस्थामा गुज्रिरहेका ५८ वर्षीय मौरिस मिलर- मोको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरेका थिए । प्रत्योरोपण गरिएको अंग बुधबार ६१ दिनको अध्ययन पछि निकालिएको थियो ।

त्यसपछि अनुसन्धानकर्ताहरुले यसको प्रभावबारे विश्लेषण गरेका छन् । जसमा साधारणतया मृगौलाले स्वभाविक फंक्सन गरेको उनीहरुको भनाइ छ । तर नयाँ खालको कोषीय परिवर्तन पनि मानिसमा देखिएको थियो जसका लागि इम्यूनोसप्रेसन मेडिकेशन जरुरी भएको थियो ।

‘हामीले विगत दुई महिनाको सघन अवलोकन र विश्लेषणबाट ठूलो पाठ सिकेका छौं जसबाट भविष्यमा आशावादी हुनुपर्ने ठूलो कारण रहेको छ’, न्यूयोर्क युनिभर्सिटी ल्याङगोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक एवम् सर्जरी विभागका हेड डा. रोबर्ट मोन्टगोमेरीले बताए ।

त्यस्तै, अगस्टमा अलाबमा युनिभर्सिटीमा गरिएको अनुसन्धानले सुँगुरको मृगौलाले मानिसमा पिसाब उत्पादन मात्र नभएर जीवन्त राख्ने मृगौलाको कार्य समेत गरेको जसमाा फोहोर छान्नेलगायत कार्य गरेको जामा सर्जरी जर्नलमा प्रकाशित लेखमा उल्लेख छ ।

यसरी सुँगुरको मृगौलाले मानिसको शरीरमा सामान्य तवरले काम गर्न सकेमा लाखौं मानिसलाई राहत हुने वैज्ञानिकहरु बताउँछन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह