२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

वीर्यदौड प्रतियोगिता

२०८०, ३ आश्विन बुधबार ११:०७

असोज ३, काठमाडौँ | चीनको एउटा वीर्य बैंकले चिनियाँ विद्यार्थीमाझ ‘वीर्य दौड’ प्रतियोगिताको घोषणा गरेको छ। प्रतियोगितामा विजेता हुनेले ६ हजार १ सय युआन (६ सय ७१ पाउन्ड) रकम पाउने बताइएको छ। विजेता हुन केके मापदण्ड र कस्ता कुरा अध्ययन गरिनेछ भन्नेबारे आयोजकले विस्तारपूर्वक बताएको छ।

ह्युमन स्पर्म बैंक झेंझाउले विच्याट सामाजिक सञ्जालमार्फत गत साता यस्तो घोषणा गरेको हो। ५० दिनभित्र इच्छुकले यसमा सहभागिता जनाउन सक्ने बताइएको छ। विद्यार्थीहरूको वीर्यको गुणस्तर जाँच गर्न, तिनलाई आफ्नो वीर्य भविष्यसम्म सुरक्षित राख्न यो अभियान चलाइएको स्पर्म बैंकले जनाएको छ।


उसो भए वीर्यमा के कुराको ख्याल राखिन्छ त? बेलायती अखबार द डेली टेलिग्राफका अनुसार, वीर्यमा बाक्लोपना, वीर्यको तीव्र गति, वीर्यको सुन्दर संरचना आदि कुराको ख्याल राखिनेछ।

पछिल्लो समय चीनमा पुरुषहरूको वीर्यको गुणस्तर खस्किँदै गएको एउटा अध्ययनले देखाएको छ। उमेर बढ्दै जाँदा वीर्यको गुणस्तर अझ बढी खस्किने हुँदा समयमा नै तिनलाई सुरक्षित राख्न वीर्य बैंकहरूले सर्वसाधारणलाई प्रेरित गर्ने गरेका छन्।

चीनमा भने पुरुषहरूमा बढ्दो तनाव तथा वातावरणीय प्रदूषणका कारण वीर्यको गुणस्तर घट्न थालेको विभिन्न अध्ययनले देखाएका छन्।

चीनमा सन् २०२२ मा जन्मदर १.०९ प्रतिशत थियो। जन्मदर बढाउन चिनियाँ सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको छ। खासगरी बालबालिका हेरचाह। जन्मदर बढाउन आवश्यक नीति तथा बढी बालबालिका जन्माउने पति/पत्नीलाई विशेष सुविधाजस्ता कार्यक्रमहरूमा पछिल्लो समय चिनियाँ सरकारले जोड दिइरहेको छ।

बैंकमा वीर्य जम्मा गराउने सुविधा सरकारले विवाहितहरूलाई मात्र दिएको छ। तर युवाहरूलाई यस प्रतियोगितामा सामेल गराएर झेंझोउ प्रान्तले भने सरकारसँग नयाँ खतरा मोलेको छ।

चीनभरिका वीर्य बैंकले पछिल्लो समय वीर्यदाताहरूको अभाव खेपिरहेका छन्। एक त यस्तो गर्नु चिनियाँ समाजले उति राम्रो मान्दैन, दोस्रोचाहिँ उपयुक्त पात्र तथा दाताहरू फेला परिरहेका छैनन्। यस्तोमा वीर्यदानलाई बहसमा ल्याउन ढिला भएकाले यस्तो प्रतियोगिता गराएको बैंकको हवाला दिँदै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो