३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

साढे दुई घण्टामा ११ किलो तौल घटाएर कीर्तिमान

५ आश्विन २०८०, शुक्रबार ११:३१

एजेन्सी | ६९ वर्षका एक वृद्धाले साढे दुई घण्टामा ११ किलो तौल घटाएर विश्व कीर्तिमान राखेका छन् । रसियन रिपब्लिक अफ डागेस्टनका ती वृद्धाले सर्वाधिक छिटो तौल घटाएको भन्दै रेकर्ड राखेका हुन् । 

बाहामा एगुबोभले सन् २०१९ मा पाँच घण्टाको दौड प्रतियोगितामा ९.३ किलो तौल घटाएर रसियन बुक अफ रेकर्डस्मा आफ्नो नाम सुचीकृत गरिसकेका थिए । यस पटक माखाच्कलामा आयोजित दौड प्रतियोगितामा साढे दुई घण्टामा २१ किलोमिटर दौडिएर ११.१ किलो तौल घटाएर उनले आफ्नै रेकर्ड तोडेका छन् । 

यद्यपि, एगुबोभको यो रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डले मान्यता दिन सक्दैन किनभने यसले छिटो तौल घटाउनका लागि विभिन्न खतरनाक प्रयोगमा संलग्न हुन मानिसलाई प्रोत्साहन गर्न नसक्ने बताउने गर्छ । तर यी पेन्सनधारीले संसारको सबैभन्दा छिटो तौल घटाउने आफू एक्लो व्यक्ति भएको दाबी गर्छन् । 


‘करिब साढे तीन वर्षको अवधिमा धेरैले मेरो रकेर्ड तोड्ने कोसिस गरे, दुवै अमेरिकी र रसियालीले । अमेरिकीले त त्यस्तो गर्नै सकेनन् । २५ जनाले यसका लागि प्रयास गरे, उच्च पदस्थ सेनाले पनि तर तीमध्ये आधा अस्पताल भर्ना हुनुपर्‍यो,’ ती पेन्सनधारीले भने ।

‘हामी त तपाईंको रेकर्डमा विश्वास गर्दैनौँ, तपाईंको यस्तो दाबीमा शङ्का लाग्छ’ भन्नेलाई उनले गहिरो असन्तुष्टि पोखेका छन् । उनले यो संसारका जुनसुकै मानिसभन्दा पनि आफूले निकै छिटो र प्रभावकारी तरिकाले तौल घटाउन सक्ने दाबी गरे ।

‘मलाई धेरैले तिम्रो रेकर्ड कसैले तोडिदिन्छ भन्ने गर्छन् । तर रेकर्ड शरीरको तौलको प्रतिशतमा मापन गरिन्छ । यदि कोही व्यक्तिको तौल धेरै छ भने पक्कै पनि उसले धेरै नै तौल घटाउनेछ । तर प्रतिशतको हिसाबले म जोसुकैलाई पनि हराउन सक्छु । साढे तीन वर्षमा मेरो कीर्तिमान कसैले तोडेको छैन । धेरैले प्रयास गरे तर सकेनन् । उनीहरू कहाँ गए ?’

पोषणविद् ओक्साना लिसेन्कोले केपीडटआरयुसँगको कुराकानीमा दुई घण्टामा ११ किलो घटाउनु भनेको शरीरबाट तरल पदार्थ हटाउनु हो भनेर जानकारी दिइन् । उनले भनिन्, ‘उनी यसका लागि निकै तयार थिए भन्ने कुरा पक्का छ । सोफामा बसिरहेका साधारण मानिसले पानी नपिइकन एक्कासि यति धेरै दौडन्छु भन्यो भने दुई किलोमिटर दौडिँदा नै ऊ बेहोस हुन्छ । ’


‘व्यावसायिक खेलाडीले प्रतियोगिताको एक वा दुई हप्ता अघिदेखि नै विशेष तरिका प्रयोग गरेर शरीरबाट यस प्रकारको तरल पदार्थ हटाउने काम गर्छन् । यो पानी घटाउने प्रक्रिया हो, बोसो होइन । एक ग्राम बोसोमा ९ क्यालोरी हुन्छ । एक किलोग्राम बोसो घटाउनका लागि तपाईंले ९ हजार क्यालोरी बर्न गर्नुपर्छ,’ उनले भनिन् । 

पोषणविद् थप्छिन्, ‘यो दुरीमा औसतमा तपाईंले ४०००–५००० क्यालोरी खर्चिनुहुन्छ जुन ४–५ किलोग्राम हो । तरल पदार्थका साथै महत्त्वपूर्ण इलेक्ट्रालाइट्स शरीरबाट बाहिरिन्छन् जस्तै सोडियम, पोटासियम, म्याग्नेसियम । यी तत्त्वहरू खाना वा पानीबाट प्राप्त हुँदैन भने हाम्रो स्नायु प्रणाली, हृदय प्रणाली र ऊर्जा प्रभावित हुन्छ । त्यसैले यो सबैले गर्नु उचित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली